पाकिस्तान माथि भारतको विजयी सुरुआत

350 Shares

दुबई । चिरपरिचित प्रतिद्धन्दी भारतले पाकिस्तानलाई ५ विकेटले हराउदै विजयी सुरुआत गरेका छन् ।
दुबईमा जारी रहेको एशिया कप टि—२० क्रिकेट टुर्णामन्टमा समुह ए अन्तर्गतको आईतवार राति सम्पन्न भएको पहिलो हाइभोल्टेज रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटबाट हराउदै सुखद सुआतत भारतले गरेका हुन् ।
टस जितेर भारतले पाकिस्तानलाई ब्याटिंगको लागि आमन्त्रण गरेका थिए । पाकिस्तानले निर्धारित २० ओभरको खेलमा १ बल छदै सबै विकेट गुमाएर १४७ रनको झिनो योगफल तयार गरे । १४८ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका भारतका ब्यास्टम्यानहरु स्लो सुरुआत गर्दै १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरे ।
भारतको जितमा रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५÷३५ रनको योगदान दिए । यस्तै हार्दिक पाण्डयले विनिंग छक्का प्रहार गरेर आफनो टिमलाई जिताउदै उनी अविजित ३३ रन बनाए । यता पाकिस्तानका लागि मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाए ।
भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिए । त्यस्तै हार्दिक पाण्डयले ३ विकेट लिँदा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार