चीनमा जातीय अल्पसंख्यकहरु भेदभावको शिकार

385 Shares

यितेन्द्र शर्मा
चिनिया राष्ट्रपति सी जिनपिंग सत्तामा आए देखि नै आफना महत्वकांक्षी परियोजनाहरुलाई मुर्तरुप प्रदान गर्न हर सम्भव प्रयास गर्दै आएका छन् । “चिनियाँ सपनाको अभियानलाई अघि बढाएका छन् । एक जातिको नीति अन्तर्गत अल्पसंख्यक जातिहरुलाई चीनमा आफनो अस्तित्व जोगाउन पनि गाह«ो भएको छ ।
चीनभरि ५६ वटा फरक जातीय समुहहरु बसोवास गर्दछन् । हाल बहुसंख्यक हान जातिले कुल जनसंख्याको ९२ प्रतिनिधित्व गर्दछ भने बाँकी ८ प्रतिशत झुआङ्ग, उइगर (मुसलमान) तिब्बति, मङ्गोलियन र हुई (मुसलमान) जनसंख्या सहित ५५ जातिय अल्पसंख्यक मिलेर बनेको छ । यसका लागि चिनियाँ सरकारले विभिन्न अल्पसंख्यक जाति रहान बहुसंख्यक जातिहरुबीच मिलन र आत्मसात गर्ने प्रयास गरिरहेको छ । नोभेम्बर २०२१ मा एक प्रमुख चिनियाँ संस्थाद्धारा तिब्बति र हान जातिहरु बीचको जातिय सम्बन्ध सुधार गर्न प्रवृतिहरु र उपायका बारेमा अध्ययन र सुझाव गर्न एउटा अनुसन्धान गरिएको थियो । चीनको अल्पसंख्यक मामिला सम्बन्धी निकायले यो अध्ययनलाई तिब्बती र चिनियाँ जनताबीचको आदान प्रदान र मिलन प्रवद्र्धनका लागि झेउक काउन्टी गागान तिब्बती स्वायत्त प्रान्त, गान्सु प्रान्तको अनुभवलाई कार्यान्वयन गर्न सन्दर्भको रुपमा लिन सकिन्नछ, भनेको छ ।
चीन सरकारले आपसी मिलन बढाउन जतिसुकै कार्यक्रमको संचालन गरे पनि अल्पसंयक समुदायको मानवअधिकार हनन भए पनि यसलाई आत्मसात गर्न भएको कार्यक्रमले कुनै सफलता हासिल गर्दैन सी जिनपिङको शासनकालमा नै जातिय अल्पसंख्यक सँग सम्बन्धित दुई सय भन्दा बढी घटना भएको विषय विभिन्न विदेशी सन्चार माध्यममा प्रकाशित भएको पाईन्छ यद्यपि चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बक्ताका अनुसार साझा कार्यकक्रममा सबै जातिय समुहका लागि समान अधिकार तोकिएका छन्, तर वास्तविकतामा हान अराजकताले अरु सबैलाई ओझेलमा पार्छ । यसले जाति रितिरिवाज र परम्पराहरुको अनादर गर्नुका साथै समाप्त पनि गर्न चाहन्छ । चीनले कब्जा गरेको मङ्गोलियन क्षेत्रमा मङ्गोलियन भाषाको प्रयोगलाई कम गर्ने उद्देश्यले ल्याइएको नया निर्देशनको विरोधमा जनता सडकमा आएका थिए । सिनजियाङ्गका उईगुर मुसलमान र तिब्बतका निर्वासित लामाहरुको पनि यस्तै आरोप रहेको छ । सरकारले स्थानीय सरकारी विभागमा अल्पसंख्यक जातिय समुदायलाई सहभागिताको अनुमति दिएको भए पनि सरकारी नीतिहरुमा जातिय भेदभाव अझै प्रष्ट छ । जनसंख्याको गतिशिलता र सहकारणले चिनियाँ आधुनिकताको प्रतिनिधित्व गरे पनि राज्यको व्यापक भुमिका र अल्पसंख्यक जातिय समुहहरुलाई दिइएको व्यवहारले अझै पनि विश्वव्यापीरुपमा आलोचना गरिरहेको छ । चिनिया सरकारको जनताको विविध धार्मिक र सांस्कृतिक महत्वलाई आत्मसात गरेर मात्र राष्ट्रिय एकता र एकताको निर्माण सम्भव छ भन्ने कुरा बुझनुपर्छ । अल्पसंख्यक संस्कृतिको संरक्षण, समर्थन र समानताको अधिकारले मात्रै राष्ट्र बलियो हुन सक्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।