मौलापुर, १३ भदौं । मौलापुर नगरपालिकामा एक सामुदायिक आधारभुत विद्यालयको निर्माण भएको ४ कोठे भवनको नेकपा एमालेका स्थानीय समितिका सदस्य प्रभु साहले उदघाटन गरेको छ ।
शहरी विकास तथा भवन निर्माणद्धारा मौलापुर नगरपालिका वडा नम्वर २ चिरचिरियामा ४२ लाखको लागतमा निर्माण भएको ४ कोठे आधारभुत विद्यालय भवनको सोमवार एक समारोहका विच एमालेको युवा एवं चचित नेता तथा स्थायी समिति सदस्य प्रभु साह र मौलापुर नगरपालिकाको नगरप्रमुख रीनाकुमारी साहले संयुक्त रुपमा उदघाटन गरेको हो ।
विद्यालय भवन निर्माणका लागि मौलापुर नगरपालिकाबाट विनियोजन बजेट रु ४२ लाख र पुरानो कक्षा कोठाको रंगरोगन , पुराना भवन मर्मत , फुटपाथ निर्माण तथा सौन्दर्यीकरणको लागि रु १५ लाख गरी कूल बजेट रु ५७ लाखको लागतमा सो विद्यालय भवन निर्माण कार्य र रंगरोगन कार्य सम्पन्न भएको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर रामबाबु प्रसाद साहले बताए ।
विद्यालयको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा पूर्व मन्त्री प्रभु साह, नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह, ठागा दास, नागेन्द्र साह, मौलापुर नगरपालिकाको उपनगर प्रमुख नागेन्द्र यादव, मौलापुर नपा २ का वाडाध्यक्ष श्री भगवान पटेल लगायत विभिन्न पार्टी का नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन