३ बर्षमा निर्माण पुरा गर्ने सम्झौता गरेको तर आठ बर्ष वितिसक्दा पनि समनपुर स्थित वागमतीमा पुलको निर्माण पुरा भएन

तराई टप संवाददाता
समनपुर (रौतहट), १६ फागुन । रौतहटको गढीमाई नगरपालिकाको समनपुर र सर्लाहीको हजरिया जोड्न वागमती नदीमा निर्माण कार्य सुरु भएको ८ बर्ष वितिसक्दा पनि अझै पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैनन् ।
पुर्व पश्चिम राजमार्ग बाहेक ४२ किलोमिटर दक्षिण नेपाली सिमा सम्म बागमती नदीमा पुल नहुँदा स्थानीय जनताहरु निकै सास्ती खेप्दै आएपछि जनप्रतिनिधिहरुको अथक प्रयास पछि २०६९ असार २६ गते ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्ट्रम्सन काठमाण्डौ जेभीले ६०० मिटर लम्बाई भएको डब्बल लनको पुल बनाउन सम्झौता गरेर तत्कालिन भौतिक योजना मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरे पश्चात निर्माण कार्य सु भएका थिए ।
एलाईट कन्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता मिति देखि ३६ महिनामा पुलको निर्माण कार्य पुरा गर्ने लिखित सम्झौता गरेका थिए तर सम्झौता भएको ८ बर्ष वितिसक्दा पनि पुलको निर्माण कार्य पुरा नहुँदा रौतहट र सर्लाही जिल्लाको त्यस भेगको जनताहरु निकै सास्ती खेप्नु परेको गुनासो स्थानीय बासिन्दाहरुले गरेका छन् ।
निर्माण कम्पनीले कहिले मधेश आन्दोलन, कहिले बाढी र कोरोना लगायत विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समय भन्दा ५ बर्ष ढिलाई भएपनि अझै निर्माण पुरा गर्न २ बर्ष लाग्ने समनपुरको बासिन्दा जब्बार मियाले गुनासो गरे । तिन÷चार पटक म्याद थप भईसकेको हुँदा अन्तिम पटक २०७८ असार मसान्त सम्म मात्रै म्याद रहेको बताउदै मियाले कछुवा गतिमा भईरहेको निर्माणको अवस्था हेर्दा अझै दुई बर्ष सम्म जनतालाई कुर्नु बाहेक अन्य कुनै विकल्प नरहेको उनले प्रष्ट पारे ।
पुल योजना पूर्वी क्षेत्र नम्वर १ का योजना प्रमुख कैलाश देवले समनपुर पुलको सन्दर्भमा पटक÷पटक निर्माण कार्य पुरा गर्न लिखित रुपमा ताकेता गरिएको, विभिन्न अव म्याद थप गर्नुपर्ने अवस्था सृजना भएमा कालो सुचीमा राख्ने जस्ता चेतावनी समेत दिदै २०७८ असार मसान्त सम्म निर्माण कार्य पुरा गर्न अन्तिम पटक म्याद थप गरिएको उनले स्पष्ट पारे ।
गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले पकट पटकको म्याद थप गर्दा निर्माण व्यवसायी सम्बन्धित निकायलाई हेपहा प्रवृति अपनाउने गरेको हुदा समयमा पुलको निर्माण कार्य पुरा नगर्ने व्यवसायी माथि राज्यले कारवाही प्रक्रिया अगाडी बढाउदा अन्य योजनाहरु अलपत्र पर्ने अवस्था नुहने थियो तर समनपुर पुल निर्माणको अवस्था हेर्दा आउदो असार मसान्त सम्म निर्माण कार्य पुरा हुने माथि विश्वास नरहेको तराई टप अनलाईन संग कुरा गर्दै बताए ।
यस सन्दर्भमा एलाईट कन्ट्रक्सनको प्रोपराइटर सुरेन्द्र पौडेल संग ९८५१०२१८१७ मा सम्पर्क गर्दा मोवाइलको स्वीच अफ रहेको पाइयो ।