छरिएर रहेका नेपालका कम्युनिष्टहरुलाई एक ढिक्क बनाउन अभियानमा सक्रिय रहेका चीनलाई पून ः धक्का लागेका छन् । नेपाली काँग्रेस समक्ष चोखो बन्ने सत्तारुढ चीनियाँ कम्युनिष्ट पार्टीका नेताहरु विभिन्न बहानामा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु संग भेट गरी एकताको सुत्रमा बाध्ने अभियान माथि तुषापात भएका हुन् ।
विगत ६ वर्षदेखि नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने अभियानमा लागेको चीनलाई पटक–पटक धक्का लाग्ने गरेका छन् । २०७४ मा नेपालका दुई ठूला कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याएपछि आफ्नो सफलता ठानेको चीनको खुशी तीन वर्ष पनि टिक्न सकेन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चीनले जोडेर बनाइदिएको नेपाल कम्युनिष्ट पार्टी छोडेर आफ्नो पुरानै घर फर्किए । जसरी उनीहरू एक ठाउँमा आएका थिए त्यही रफ्तारमा उनीहरूबीच फाटो आयो र २०७७ फागुन २३ मा अलग–अलग भए ।
त्यसबीचमा पनि नेकपालाई जोगाउन निकै ठूलो कसरत ग¥यो । तर सफल हुन सकेन । नेपालमा एमसीसीलाई संसद्ले अनुमोदन गरेपछि पनि चीनले नेपालका कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउनै पर्ने आवश्यकता महसुस गरेको देखिन्छ । जसको परिणाम चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण गरे । उनको नेपाल भ्रमणका क्रममा नेपालका कम्युनिस्टसँगको भेटमा कम्युनिष्टहरू बलियो भएको अवस्थामा मात्र मुलुक समृद्ध हुने बताएका थिए ।
चीनले स्थानीय निर्वाचनअघि नै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने ठूलो प्रयास गर्यो तर सम्भव भएन । स्थानीय तहको निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ओली बाहेकका कम्युनिष्टहरू एक ठाउँमा आउने बेला भएको बताएका थिए । अर्कोतर्फ नेकपा एमालेमा रहेका घनश्याम भुषाल र योगेश भट्टराईहरूले पनि देशभरका कम्युनिस्टहरू बीचको एकताको विकल्प नभएको तर्क गरिरहेका थिए ।
यसबीचमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले चीन पनि पुगे। तर ठोस उपलब्धि हुन सकेन। सबै कम्युनिष्टहरु नभए पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी पनि गरे। ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा हालै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल पनि भएको थियो ।
उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेताहरूले बताएका थिए । वामपन्थी शक्तिहरू कमजोर हुँदा राष्ट्रियता धरापमा परेको निष्कर्ष निकाल्दै चीनलाई देखाउनका लागि विभिन्न चरणमा छलफल पनि गरे । तर परिणाम सकारात्मक आउन सकेन । अहिले उनीहरूलाई कांग्रेसको साथ चाहिएकाले चुनावअघि पार्टी एकता हुन नसक्ने निष्कर्षमा अहिले फेरि वाम दलहरू पुगेका छन् ।
यद्यपि उनीहरूले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन या एकता दुवै नहुने निचोड निकालेका छन् । पछिल्लो समय दुवै पार्टीले चुनावपछि पार्टी एकता गर्नका लागि संयोजन समिति बनाउने निर्णय पनि गरेका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले चुनावअघि पार्टी एकता सम्भव नभएको र यसमा कुनै शक्ति राष्ट्रले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चीनतर्फ सङ्केत गर्दै उनले विगतको नेकपामा विभिन्न शक्ति राष्ट्रहरूले खेल्दा एकतालाई तार्किक निष्कर्षमा पुर्याउन नसकिएको उनले बताएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन