zoom app for yoga classes zoom app download windows 10 zoom app exchange zoom cloud meeting app download for windows 10 download zoom cloud meeting for pc windows 10

चिनियाँ एप टिकटक बन्द गर्नुपर्ने तराई मधेशका युवाहरुले प्रशासनलाई बुझाए ज्ञापन

   १५ भाद्र २०७९, बुधबार ०९:१२  

रौतहट, १५ भदौं । चिनियाँ एप टिकटकबाट समाजिक संजालको साथै युवायुवती वर्गमा परिरहेको नकारात्मक असरलार्य मध्य नजर राख्दै रौतहट सहित तराई मधेशका जिल्लाहरुमा युवाहरुले स्थानीय प्रशासनलाई टिकटक माथि प्रतिबन्ध लगाउन ज्ञापन पत्रहरु बुझाएका छन् ।
यतिखेर सामाजिक सञ्जाल टिकटक माथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको हो । समाजमा नकारात्मक असर पु¥याएको भन्दै भन्दै तराईका जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धको माग राखेका हुन् ।
टिकटक एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक सञ्जाल हो । चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको छ । यसको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए । यसको आधिकारिक प्रयोग सन् २०१७ मा आइओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो ।
छोटा भिडियो क्लिपमा लिपसिङ गरेर वा आफै स्वर भरेर भिडियो बनाउनका लागि टिकटक प्रख्यात छ । यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू भागहरूमा लोकप्रिय छ । यद्यपी टिकटक बनाउने देश चीनमा भने यसको उपलब्धता छैन ।
टिकटकमा अश्लिलता फैलाएको भन्दै ‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको पाइएको छ । आइतबार रौतहटबाट केही युवाले यो संघर्ष समिति मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै समयमै टिकटकलाई बन्द नगरिए समाजमा निकै अश्लिलता फैलिने सम्भावना रहेको हुदा अनिवार्य रुपमा टिकटक बन्द गर्नुपर्नेमा जोड दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै