208
Shares
बेइजिङ । चीनमा कोभिड—१९ को महामारी तिव्र बन्दै गएपछि कम्युनिष्ट सरकारले झण्डै ४० लाख मानिसलाई घरमै बस्न बाध्य बनाएको छ ।
राजधानी बेइजिङ वरपर रहेको चीनको हेबेई प्रान्तले मंगलबार झण्डै ४० लाख मानिसलाई कोभिड–१९ को फैलावट रोक्न हप्ताको अन्त्यसम्म लकडाउनमा राखेको हो । यसैबीच, छिमेकी बन्दरगाह सहर टियानजिनका अधिकारीहरूले ५१ कोभिड–१९ मामिलाहरू फेला परेपछि यसका १ करोड ३० लाखभन्दा बढी बासिन्दाहरूको सामूहिक परीक्षणको आदेश दिएका छन् ।