download zoom for download emojis for zoom zoom meeting old version download windows zoom online free download zoom login online join meeting template free zoom for business download

एशिया कपमा भारत सुपर फोरमा, हङकङको उत्कृष्ट प्रदर्शन

   १६ भाद्र २०७९, बिहीबार ०८:३८  

दुबई । सूर्यकुमार यादवको आतिशी पारीको कारण हङकङलाई ४० रनबाट हराउदै भारत सुपर फोरमा प्रवेश गरेको छ ।
ग्रुप ए बाट सुपर फोरमा प्रवेश गर्ने भारत पहिलो बनेको हो । सुर्यकुमार यादवको आतिशी र विराट कोहलीको धर्यतापूर्ण ब्याटिंगको कारण भारतले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाउदै १९२ रनको विशाल योगफल तयार गर्न सफल भए । १९३ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका हङकङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाउन सफल भए ।
हङकङ भारत संग नजिते पनि हङकङको उत्कृष्ट एवं साहसीक ब्याटिंगले सबैको हृदय जित्न सफल भएको बताइएको छ । युएईमा जारी रहेको एशिया कपमा दुई खेल जित्दै ४ अंक जोडेर सुपर फोरमा प्रवेश गरेको छ भने ग्रुप बि बाट अफगानिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेका छन् ।
दुबई क्रिकेट मैदान हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको भारतले सूर्यकुमार र विराट कोहलीको अर्धशतकमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो । यो जोडीले अन्तिम सात ओभरमा अविजिति ९८ रनको साझेदारी गरे । सूर्यकुमारले २६ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । विराटले ४४ बल खेल्दै अविजित ५९ रन बनाउने क्रममा १ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघि पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र केएल राहुलले ३८ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि राहुल र विराटले ५६ रनको साझेदारी गरे । राहुलले ३६ र रोहितले २१ रन बनाए । हङकङका आयुश शुक्ला र मोहम्मद ईजनपरले समान एक विकेट लिए ।
जवाफमा १९३ रनको लक्ष्य पछ्याएको हङकङले टेष्ट राष्ट्र भारतविरुद्ध ५ विकेट गुमाएर १५२ रन बनायो । हङकङका बाबर हायातले ३५ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४१ र किन्चित शाहले २८ बलमा ३० रन बनाए । जिशन अलिले अविजित २६ रन बनाउदा स्कट म्याककेन्ही १६ बलमा अविजित रहे ।
भारतका लागि भुवनेश्वर कुमार, आभेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले एक÷उक विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै