ल्याहासा । तिब्बतमा चिनियाँ शासकहरुको क्रुरता एवं अमानवीय व्यवहार चरम सिमा पुगेको छ । बौद्ध भिक्षु तथा त्यस धर्मका अनुयायीहरलाई प्रताडित गरिदै आधिपत्य स्वीकार्न लगाउने जस्ता घटनाले तिब्बतको धर्म संस्कृति माथि कुठाघारत पुर्याउदै आएको छ । कपितय तिब्बती भिक्षुहरुलाई हिरासतमा लिने घटनालाई अन्तरराष्ट्रिय समुदायले चीनको निन्दा समेत गरिसकेका छन् ।
तिब्बतमा चीनको अत्याचार र अमानवीय व्यवहार चरममा छ। त्यहाँ बौद्ध धर्मका अनुयायीहरूलाई दिनप्रतिदिन प्रताडित गरिएका घटनाहरू प्रकाशमा आउने गर्दछ। बौद्ध भिक्षुहरूलाई तिब्बतमा आफ्नो धर्मअनुसार जीवन यापन गर्ने स्वतन्त्रता दिइँदैन। उनीहरूलाई बलजफ्ती गायब गरिन्छ। चीनका राष्ट्रपति शि जिनपिङ्गले तिब्बतको संस्कृतिलाई धुमिल बनाउने अनेक उपक्रम रच्ने गर्दछन्। त्यही उपक्रमअन्तर्गत नै चीनले दुई तिब्बती भिक्षुहरूलाई दुई वर्षका लागि जेल चलान गरेको छ।
चीनले दुई तिब्बती भिक्षुहरूलाई तीन वर्षका लागि सिचुआन प्रान्तअन्तर्गत पर्ने कार्दजे प्रान्तमा जेल हालेको छ। धर्मशालास्थित तिब्बती सेन्टर फर ह्युमन राइट्स एन्ड डेमोक्रेसीले अगस्ट २८ मा उनीहरूसँग सम्पर्क नभएको बताएको छ। उनीहरूलाई सेप्टेम्बर २०२० मा पक्राउ गरिएको थियो र जुन २०२२ मा अज्ञात मितिमा मुद्दा चलाइएको थियो। तिब्बतमा बौद्ध भिक्षुहरूलाई प्रताडित गर्ने घटना कुनै नौलो घटना होईन यसभन्दा अघि पनि धेरैजना भिक्षुहरू चिनियाँ सरकारको अमानवीयताको शिकार भइरहेका छन्। सेशुल काउन्टूको ज्जा सेरशुल गुम्बाका भिक्षु तेन्जिन धार्गेलाई सेरसुल काउन्टी जनअदालतले साढे तीन वर्षको र भिक्षु रिग्त्सेलाई तीन वर्षको जेल सजाय तोकेको तिब्बती सेन्टर फर ह्युमन राइट्स एन्ड डेमोक्रेसीले जनाएको छ।
तिब्बती ती दुई भिक्षुहरूको जेल सजाय, अपराध र सुनुवाईबारे परिवार पक्षलाई कुनै प्रकारको पूर्व जानकारी गराइएको थिएन। यसका साथै चीनी अधिकारीहरूले ती भिक्षुहरूका बारेमा कुनै पनि प्रकारको जानकारी साझा गर्ने व्यक्तिप्रति पनि कडा कार्वाही गरिने चेतावनीसमेत दिएका छन्। जानकारी साझा गराउने व्यक्तिको सामाजिक सुरक्षा र अन्य राज्य सुविधाहरू हराउनेछ भन्दै लाखेस् गरिएको छ। अर्कोतिर भिक्षुहरूलाई सजाय तोकिएपछि कहाँ पठाइएको छ भन्ने विषयमा सबैजना अनविज्ञ रहेको केन्द्रले जनाएको छ।
अवगत गराइन्छ, दलाई लामाको तस्बिर र मोबाइल फोनमा तिब्बतको राजनीतिक अवस्थाबारे जानकारी राखेको पाइएपछि रिग्त्सेसँगै धार्गेलाई पक्राउ गरिएको हो । रिग्त्सेको बारेमा अन्य कुनै जानकारी थाहा पाइएको छैन। केन्द्रले भनेअनुसार धार्गेले तिब्बतको राजनीतिक अवस्थाको बारेमा जानकारी र तस्बिरहरू आफ्नो व्यक्तिगत WeChat खातामा साझा गर्थे जसलाई “दलाईको फलोवर” भनिन्छ। त्यसमा उनले दलाई लामाको तस्बिर र शिक्षाहरू पनि साझा गरेको बताइएको छ। धार्गे र रिग्त्से दुवै सेरशुल जिल्लाको भरोङ गाउँपालिकाका रहेको बताइएको छ ।
तिब्बतमा यस्ता घटनाहरू लगातार रूपमा प्रकाशमा आउने गर्छन्। त्यहाँ चीनको अमानवीय अत्याचरहरूबारे एक होइन अनेकौँ हैरान पार्ने घटनाहरू छन्। यति मात्र नभएर राष्ट्रपति शि जिनपिङ्गको नीतिहरूअन्तर्गत मूल तिब्बतीहरू मानवाधिकारको नाममा जीवित छन्। तिब्बतमा चीनको कुकृत्य लगातार रूपमा जारी छ। तिब्बतमा चीनले विभिन्न प्रकारको अमानवीय व्यवहारहरू गर्दै आएको छ। तिब्बतको जनसाङ्ख्यिकी पनि लगभग परिवर्तन भइसकेको छ। हात तिब्बतमा चारैतिर चीनियाँ व्यक्तिहरू भरिएका छन्। गत केही महिनाअघि चीनको अत्याचारको कारण एक बौद्ध भिक्षुले आत्मदाह गरेको खबर प्रकाशमा आएको थियो। तिनले उनीहरूको धर्म गुरु दलाई लामाको तस्विर सामु आत्मदाह गरेका थिए। उनी तिब्बती बौद्ध संस्थानहरूमा चीनी कार्यवाहीले गर्दा एकदमै आहात थिए। सूत्रअनुसार आत्मदाह गर्ने भिक्षुको परिवारलाई त्सो शहर लगिएको थियो र कोभिड १९ रोकथाम उपायअन्तर्गत एक अज्ञात स्थानमा हिरासतमा राखिएको थियो।
तिब्बती सेन्टर फर ह्युमन राइट्स एण्ड डेमोक्रेसीको रिपोर्टअनसार तिब्बतमा आस्था टाउनशिपल्लो शहरको प्रीफेक्चुरल केपिटलको अधिकार क्षेत्रमा पर्दछ। जानकारीअनुसार प्रान्तको गभर्नर र कम्युनिष्ट पार्टीका उपसचिव याग वनेले गुम्बाहरूमा लगाम लगाएका छन् र भिक्षुहरूको धार्मिक अनुष्ठानमा रोक लगाउने प्रयास गरेका छन्। चीनमा भिक्षुहरूमाथि बारम्बार अन्याय हुँदै आएको छ। उनीहरूमाथि दमनकारी नीति अप्नाएर चीनि सरकार आफ्नो प्रभुत्व बलियो पार्नमा लागिपरेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन