देउवाको सरकाले नेपाललाई आत्मनिर्भर बनाउने तर्फ अग्रसर बनाउदै

258 Shares

कम्युनिष्ट पार्टीका दुई घटक र जसपा संग मिलेर नेपाली सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई आत्मनिर्भर बनाउने तर्फ विभिन्न परियोजनाहरुलाई कार्यान्वयनमा ल्याएको छ । उखान टुका एवं गफाडी ओली सरकारलाई सत्ता बाहिर ल्याएर नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अति महत्वाकाँक्षी परियोजनाहरुलाई प्राथमिकताको साथ कार्यान्यन गराएको हो ।

विभिन्न चुनौतिहरूको सामना गर्दै नेपाल अहिले विश्वका अन्य राष्ट्रहरू सरह विकासशील राष्ट्रको लहरमा उभिन सक्षम भएको छ। स्वतन्त्र र अखण्ड नेपालमा अहिले विभिन्न प्रकारका परियोजनाहरू कार्यन्वन भइरहेको छ।

देउवा सरकारको नेतृत्वमा अहिले देशमा गत सरकारको तुलनामा धेरै विकास भएको देख्न सकिन्छ। सदैव राजनीतिक अस्थिरताले गर्दा देशमा विकासका लागि बाधा उत्पन्न भइरहेको बीच धमाधम भइरहेको विकास कार्यले गर्दा नेपाल अहिले सुदृढ र सक्षम राष्ट्रको रूपमा चिनिन थालिएको छ। जब केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए उनको घनिष्ठता चीनसँग बढेको थियो।

अवगत गराइन्छ केपी शर्मा ओली अघिबाट नै चीनको गुणगान गर्दै आइरहेका छन्। उनी सत्तामा हुँदा पनि चीनसँगको तिनको घनिष्ठताले गर्दा अन्य राष्ट्रसँग देशको सम्बन्ध खराब भएको मानिएको थियो। अहिले पनि पूर्व प्रधानमन्त्री तथा मुख्य विपक्षी दलका नेता केपी शर्मा ओलीको चीन प्रेम कम भएको छैन।

चीनसँग बढ्दो घनिष्ठताले गर्दा भारत र नेपालको सम्बन्धमा प्रभाव परेको थियो भने भारतसँगै अमेरिकाले पनि नेपाल र चीनको घनिष्ठतालाई पचाउन सकिरहेको थिएन। तर शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि भारत र अमेरिकाजस्तो राष्ट्रसँग पनि नेपालको सम्बन्ध सुमधुर बन्दै गइरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि यो सम्बन्ध अझ प्रगाढ भएको मानिएको छ।

केपी शर्मा ओली सत्तामा आसिन हुँदा उनले भारतविरोधि बयानहरू धेरैपल्ट दिएर आफू चीनको नजिक रहेको प्रमाणित गर्दै आएका थिए। भगवान रामविरूद्धको बयानदेखि लिएर सीमा विवादलाई लिएर पनि उनले विभिन्न प्रकारको बयानहरू दिएर नङ र मासुको सम्बन्ध रहेको छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध बिगारेका थिए।

तर पीएम शेरबहादुर देउवा सत्तामा आसिन भएपछि बिग्रेको सम्बन्धमा विस्तारै सुधार आउन थालेको मानिएको छ। ऐतिहासिक सम्बन्ध रहेको भारत र नेपालको सम्बन्धमा सुधार ल्याउन पीएम मोदी र प्रधानमन्त्री देउवा दुवै प्रयासरत देखिएका छन्। केपी शर्मा ओलीको चीनसँगको मित्रताले ल्याएको दुरी अहिले विस्तारै कम हुँदै जाँदैछ।

आम चुनाउभन्दा ठिक अघि फेरि पनि केपी शर्मा ओली चीनको पक्षमा झुक्दै गएको देखिँदैछ। नक्सासम्बन्धि विवादमा भारतविरोधि मुद्दा उठाएपछि तिनले ताइवानको क्षेत्रमा चीनको सैनिक अभ्यासको आलोचना गर्न अस्विकार गरेका छन्। केपी शर्मा ओलीले नेपाल वान चाइना पोलिसी(को समर्थक रहेको पनि बताएका छन्।

यसको तात्पर्य नेपालले ताइवानलाई चीनको अंश मान्नु बराबर हो। पत्रकारहरूसँग कुराकानी गर्दै तिनले नैसर्गिक रूपले तिब्बत चीनको अभिन्न अंग हो, हामी वान चाइना पोलिसीप्रति वचनबद्द छौँ र कुनै पनि देशको आन्तरिक मामिलामा टिप्पणी नगर्ने बताएका थिए।

विशेषतः नेपाल र भारतको सम्बन्ध पहिलादेखि नै सुमधुर नै थियो।

तर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि यो सम्बन्धमा तीतोपना आउन थालेको हो। वर्ष २०२० मा ओली सरकार र मोदी सरकारबीच सीमालाई लिएर विवाद चुलिएको थियो। एक समय नेपालको राजपरिवारसँग सम्पर्क स्थापित गर्ने चीनले पछि गएर आफ्नो विस्तारवादी नीतिमा नेपाललाई नै आफ्नो मोहरा बनाएर चाल चल्न थाल्यो। नेपालमा कम्युनिस्ट विचारधारा भएको राजनीतिक दल प्रभावमा रहँदा चीनको वर्चस्व देशमा बढ्नु स्वाभाविक नै हो भन्नु पर्छ।

नेपाल र भारतको सम्बन्धमा विष घोल्ने काम चीनले धेरै अघिदेखि गर्दै आएको छ। भारतसँग नेपालको पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म व्यापारिक केन्द्र छ। तर चीनसँग यस प्रकारको व्यापारिक आदान प्रदान कम मात्रामा रहेको छ। आँकडाअनुसार नेपालमा सर्वाधिक आयात भारतबाट नै हुने गर्दछ। तर अहिले चीनले यसमा अनुप्रवेशको काम गरिरहेको छ।

तर देउवा सरकारले चीनको षडयन्त्रलाई बुझेर हाल भारतसँग सम्बन्ध केही हदसम्म सुधार गरेर ऐतिहासिक सम्बन्धलाई कायम राख्न सफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार