नयाँ दिल्ली । अन्डरवल्र्ड डन दाउद इब्राहिम विरुद्ध कारवाही प्रक्रिया तीब्र बनाइएको छ । नेशनल इन्भेष्टिगेशन एजेन्सीले इब्राहिम माथि २५ लाख भारतीय रुपैयाको इनाम घोषणा गरेको हो ।
अन्डरवर्ल्ड डन दाउद इब्राहिमविरुद्ध भारतमा कारवाही तीब्र हुँदै गइरहेको छ । नेशनल इन्भेस्टिगेशन एजेन्सीले इब्राहिममाथि २५ लाख भारु घोषणा गरेको छ । यसबाहेक दाउदका सहयोगीमाथि पनि इनाम घोषणा गरिएको छ । एनआईएले ‘डी’ कम्पनीसँग जोडिएको अनुसन्धानमा यो कारवाही गरेके हो । विशेष कुरा के छ भने भारतमा थुप्रै आतंककारी गतिविधिका कारण वान्टेडको सूचीमा रहेका दाउदमाथि संयुक्त राष्ट्र सुरक्षा परिषद्को तर्फबाट २५ मिलियन डलरको इनाम घोषणा गरिसकिएको छ ।
नाम नछाप्ने शर्तमा एक अधिकारीले दिएको जानकारी अनुसार एजेन्सीले दाउदका भाइ अनिल इब्राहिम उर्फ हाजी अनिस, नजिकका साथीहरु जावेद पटेल उर्फ जावेद चिकना, शकिल शेख उर्फ छोटा शकिल र इब्राहिम मुश्ताक अब्दुल रज्जाक मेमन उर्फ टाइगर मेमनमाथि इनाम घोाषणा गरेको छ । अधिकारीले दिएको जानकारी अनुसार दाउदमाथि २५ लाख भारु, छोटा शकिलमाथि २० लाख भारु, अनिस, चिकना र मेमनमाथि २५ लाख भारु इनाम घोषणा गरिएको छ ।
सन् १९९३ मा भएको मुम्बई बम बिस्फोटसमेत दाउद भारतमा थुप्रै मामिलामा वान्टेडको सूचीमा छन् ।