आठ घण्टा पछि नारायणगढ–मुग्लिन सडक संचालनमा आए

346 Shares

चितवन, १६ भदौं – पहिरोका कारण बन्द हुन पुगेका नारायणगढ–मुग्लिन सडक खण्ड ८ घण्टा पछि सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा बिहीवार बिहान देखि सडक दुईतर्फी नै बन्द भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार पहिरो पन्छाए सँगै रोकिएका गाडी अहिले गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई वटा लोडर सहित एस्काभेटर प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार