कैलाश दर्शनको लागि भारतीय सदगुरु भदौं १९ मा नेपाल आउदै

   १७ भाद्र २०७९, शुक्रबार १०:४१  

नयाँ दिल्ली । कैलाश मानसरोबरको दर्शन गर्न भारतीय सदगरु भदौं १९ गते नेपाल आउन लागेको छ ।
कैलाश मानसरोबर दर्शनका लागि नेपाल भएर तिब्बत तर्फ जानका लागि १९ भदौंमा सदगुरु नेपाल आउन लागेको हो ।
अघिल्लो बर्ष पनि लाप्चावाट कैलाश दर्शन गरेका सदगुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटक सहित नेपाल आउन लागेको बताइएको छ । चीनको स्वशाषित क्षेत्र तिब्बतमा रहेका कैलाश मानसरोवर जानका लागि समस्या परे पछि सदगुरुले हुम्लाको लाप्चावाट कैलाश मानसरोवरको दर्शन गर्नेछन । लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै