कटहरिया(रौतहट), १७ भदौं । कटहरिया नगरपालिकाको भवन निर्माण देखि लिएर ढल निकास, बजार भवन, कोल्ड स्टार्स लगायतका कामको ठेक्का लिएर निर्माण व्यवसायीहरु काम नगर्दा उनीहरुलाई छिटो काम सुरु गर्न नत्र आवश्यक कारवाहीको भागी बन्न सक्ने अन्तिम पटक चेवानी दिएको छ ।
कटहरिया नगरपालिकाद्धारा शुक्रवार नगरपालिकाको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख अजय प्रकाशले नगरपालिकाको भवन, बजार भवन, कोल्ड स्टोर्स, ढल निर्माण लगायतका विभिन्न कार्यहरुको ठेक्का सकार गरेर विगत दुई बर्ष देखि काम गर्न नसकेका निर्माण व्यवसायीहरु विरुद्ध कठोर बन्दै उक्त चेतावनी दिएको हो ।
आश्रय निर्माण सेवा, साह निर्माण सेवा लगायतका विभिन्न निर्माण कम्पनीहरुले विगतको बर्षमा ठेक्का सकार गरेर पनि काम संचालनमा नल्याएकोमा दुख व्यक्त गर्दै नगरप्रमुख अजयप्रकाशले अन्तिम पटक संचारकर्मीहरुको मार्फत निर्माण व्यवसायीलाई काम सुचारु गरेर निर्माण सम्पन्न गर्ने तर्फ अग्रसर व्यवसायीहरु संग आग्रह गरेका छन् ।
विकास निर्माणको कार्यमा ढिलासुस्ती गरेर नगरलाई हानी नोक्सानी पुर्याउदै आएका व्यवसायीहरु संग पटक पटक छलफल गरेर आग्रह गर्दा उनीहरु अटेरी गर्न थालेपछि बाध्य भएर संचारकर्मी मार्फत अन्तिम पटक आग्रह गरिएको हो । यदी हाम्रो आग्रहलाई बेवास्ता गरियो भने नगरपालिका आवश्यक कारवाही प्रक्रिया उठाउन बाध्य हुने उनले चेतावनी दिए ।
विगत ४ बर्ष अघि कटहरिया बजार व्यवस्थापनको लागि लिएको ठेक्कामा जग उठाएर त्यसै अलपत्र छाडिएको, नगरपालिका भवन त्यसै अधुरो छाडिएको छ, छेदी चोकमा कोल्ड स्टोर्स भवनको जग मात्रै उठाइएको छ, त्यही जनता आवास कार्यक्रम अलपत्र पारिएको लगायत विभिन्न एक दर्जन भन्दा योजनाहरु अलपत्र पारिएको अवस्थामा पटक पटक टेबुल वार्ता गरिदा पनि उनीहरु कुनै सुनवाई नगरेको गुनासो पोखे । निर्माण व्यवसायीहरु ढलको लागि साईड क्लीयर गर्न भनेपछि तत्कालै साइड पनि क्लीयर गरिएको तर काम गर्न अझै आनाकानी गरिरहदा संचार क्षेत्र मार्फत सम्बध निकायलाई जानकारी गराइएको छ । आउदो साता दिन भित्र काम सुरु नगरिएमा स्थानीय सरकार शासन ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने समेत नगरप्रमुख अजय प्रकाशले चेतावनी दिए ।