भारत हाम्रो असल छिमेकी

305 Shares

यीतेन्द्र शर्मा
सुनसरी जिल्लाको क्षेत्र नं. ४ वराह क्षेत्र नगरपालिका वडा नं. ६ चक्रघटीमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको महेन्द्र माध्यमिक विधालयको नेपाल भारत मैत्री भवनको उदघाटन सङघीय सरकार सन्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालमा लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उदघाटन गर्नु भयो ।
उदघाटन समारोहमा सन्चार मन्त्री कार्कीले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइृमा लान यस्ता कार्यक्रमले योगदान गर्ने बताउदै समृद्ध नेपाल र विकासका लागी असल छिमेकीको रुपमा भारत सरकार रहेको र विभिन्न क्षेत्रमा सहयोग प्राप्त भएको बताउनु भयो ।उहाले नेपाल–भारत सम्बन्ध २००७ साल यता प्रगाढ रहेको बताउनु भयो । उहाँले भारत सरकारले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, भौतिक पूर्वाधार र मानवीय श्रोतमा समेत सहयोग गर्दे आएको बताउनु भयो । उहाँले भारतीय पर्यटकलाई भित्रीयाउने सम्भावना उच्च रहेकाले बराह क्षेत्र रामधुनी, पिण्डेश्वर, दन्तकाली सहित क्षेत्रको प्रचार गर्न जरुरी रहेको बताउनु भयो । दुवै देशको सहकार्यमा विकास गर्नुपर्ने र भारतबाट आर्थिक लाभ लिनका लागि यस प्रकारका कार्यक्रम भएको बताउनु भयो ।
उहाँले नेपाललाई भारत सरकारले प्रत्येक वर्ष १० अर्ब बराबरको आर्थिक सहायता उपलब्ध गराउदै आएको स्मरण गराउदै पहिलो एक दशकमा ६० अर्ब रुपैया बराबरको बिकास र आर्थिक सहायता उपलब्ध गराएको बताउनु भयो । नेपालको विकासका लागी भारत सरकारबाट शिक्षातर्फ विद्यालय, भवन, स्कूल बस, स्वास्थ्य क्षेत्रमा अस्पताल निर्माण र एम्बुलेन्स, भौतिक पूर्वाधार देखि सडक, सिचाई, पुल, रेल सम्म सहयोग प्राप्त भएको उहाँले बताउनु भयो । उहाँले नेपालको विकासमा सहयोग र सदभाव राख्ने काम गरेकाले असल छिमेकीका रुपमा यसलाई लिएको बताउनु भयो ।
नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि पर्यटनलाई जोडन आवश्यक रहेको बताउनु भयो । सभ्यता, संस्कार र संस्कृति समेत नेपाल र भारतको एकै प्रकारका रहेकोले यसले पनि दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनु भयो ।
नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपाललाई असल छिमेकी मुलुकको हिसाबले सबैभन्दा बढी प्राथमिकतामा राखेको बताउनु भयो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपाललाई असल, छिमेकी मलुकको हिसावले सवैभन्दा बढी प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले नेपालालई सदैव भारतको सहयोग प्राप्त रहने बताउदै सुनसरीका लागि एम्बुलेन्सका सथै स्कूल बस र अस्पतालमा पनि सहयोग गरेको बताउनु भयो । श्रीवास्तवले नेपालमा आफुलाई दिएको माया, सदभावर सम्मानले आफूलाई उत्साही बनाएको बताउदै नेपालको सवै खाले विकासमा भारत सरकारको सहयोग सदैव रहने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार