211
Shares
नयाँ दिल्ली । भारतले सामुद्रिक क्षेत्रमा आफनो नागरिकलाई सुरक्षीत राख्न एवं बाह्य हस्तक्षेप माथि निगरानी राख्नका निमित्त सबैभन्दा ठूलो युद्धपोत आइएनएस विक्रांतलाई संचालनमा ल्याएको छ ।
भारतको सामुद्रिक इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो र जटिल युद्धपोत आइएनएस विक्रांतलाई शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नौसेनामा समावेश गरेको हो । आईएनएस विक्रांत युद्धपोतमा दुईवटा फुटबल मैदान जत्तिकै ठूलो छ र १८ तल्ला अग्लो रहेको नौसेनाले जनाएका छन् । विमान वाहकको ह्याङ्गर दुई ओलम्पिक आकारको पोखरी जत्तिकै ठूलो छ ।