कोभिड—१९ को बहानामा चीनद्धारा बन्द गरिएको नाकाको कारण उत्तरी क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु सास्ती खेप्दै

476 Shares

चीनबाट निस्किएको अथाव जननी देशको रुपमा प्रख्यात वैश्विक महामारी कोभिड १९ को कारण विश्वभरिका मानिसहरूले विभिन्न प्रकारको समस्याहरूको सामना गर्नु पर्यो । कतिपयले आफन्त गुमायो त कतिको गाँस छुट्यो त कसैको वास उठ्यो ।
विकासको गतिमा अग्रसर भइरहेको विश्व कोभिड—१९ को कारण एकाएक धराशयी भएर, मानविय जीवन एक प्रकारले राकियो । एकातिर कोरोनाको प्रकोप बिस्तारै घट्दै गएपछि विश्वका विभिन्न राष्ट्रहरूमा बिस्तारै जनजीवन सामान्य बन्दै गइरहेको छ भने हाम्रो देशभित्र भने अझै पनि असमन्जस्यता व्याप्त छ । छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको हाम्रो राष्ट्रमा सीमावर्ती नाका बन्द रहँदा विभिन्न प्रकारको सास्ती खप्नु परेको छ । कोभिड १९ को कारण चीनले सीमावर्ती नाका टिप्ताला नाकालाई चार वर्ष अघिदेखि बन्द गरेको छ ।
फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित उक्त नाका नखोलिएको ले हाल गाउँवासीले विभिन्न प्रकारको समस्या खप्नु परिरहेको छ । चीन–नेपाल मित्रताको राग फलाक्नेहरूको मुखमा एउटा गतिलो झापड साबित भएको छ टिप्ताला नाका ।
चीनले नेपालसँग मित्रताको नारा घन्काउँदै आएको छ । तर चीनले जहिले पनि नेपालका नागरिकहरूको समस्यालाई भने ओझेल पार्दैै दुख दिने गरेको छ । विगत चार वर्षदेखि चीनले कोभिड १९ को बहानमा सीमावर्ती नाका बन्द गरेपछि ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती झेल्नुपरेका छन् ।
टिप्तला नाका बन्द भएको कारण गाउँवासीले धेरै प्रकारको दुःख खप्नु परेको गुनासो पोखाउँदै फक्ताङलुङले गत साता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समन्वय गर्न आग्रह गर्नुभएको थियो। अवगत गराउन चाँहन्छु, नेपालको चीन र भारतसँग सीमा जोडिएको छ । तर, चीनको सीमावर्ती छेत्रमा भने जहिले पनि समस्या उत्पन्न हुने गर्दछ । नेपालसँग जोडिएको रसुवागढी र तातोपानी सीमामा अवस्थित नाकालाई कोभिड १९ को मामिला बढेपछि गत १० अगस्तदेखि चीनले बन्द गरिएको थियो । जसको कारण नेपाल आइरहेका सैँकडौँ कन्टेनर त्यहाँ अलपत्र परेको थियो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरु तिब्बत माथि नै आत्मनिर्भर रहेकोले नाका बन्द भएका कारण सडक सञ्जाल समेत जोडिन नसकेको अवस्थामा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्दा तीन दोब्बर बढी मूल्य पर्ने गरेको छ । बिरामी तथा आपत्कालीन अवस्थामा तीन दिन पैदलयात्रा गर्नु परेकाले समस्या जटिल रहेको लिम्बूले बताए । नाका खुलाउन तत्काल पहल एवं सहजीकरणका लागि पत्रमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार