नेपाली स्याउ बजारमा चिनियाँ स्याउको एकाधिकार

418 Shares

काठमाडौं । भण्डारण गर्ने व्यवस्थापनको अभावमा स्याउमा आत्मनिर्भर बन्न नसकेको नेपाली स्याउ बजारमा चिनियाँ एकाधिकार कायम बार्षिक रुपमा अबौं स्याउ चीनबाट आयात हुदै आएका छन् ।
नेपालका पहाडी एवं हिमाली भेगमा पर्याप्त रुपमा स्याउ उत्पादन हुने गरेको भएपनि भण्डारण गरेर राख्न उचित व्यवस्थापन नहुदा बार्षिक रुपमा ६ अर्बको स्याउ चिनबाट आयात भइरहेका हुने गरेका हुन् ।
नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको एक तथ्यांकले देखाएको छ । नेपालले गत आर्थिक वर्ष २०७८÷०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तयथंकले देखाएको हो । भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको थियो ।
गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७७— ०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको स्याउचीनबाट आयात गरेको तथ्यांक छ ।
नेपालले धेरै मुलुकबाट स्याउ आयात गर्ने भए पनि चिनियाँ स्याउको एकाधिकार जस्तै रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार