download zoom us app zoom download 64 bit windows 10 download private zoom recording please download the zoom app zoom download exe download zoom conference app zoom install msi parameters - zoom install msi parameters zoom pc download windows 10

आगलागी हुँदा ३ लाखको धनमाल जलेर नष्ट

   १९ फाल्गुन २०७७, बुधबार १८:१४  

रौतहट, १९ फागुन । रौतहटको गढीमाई नगरपालिकाको समनपुर स्थित दुई घरमा मंगलवार राति आगलागी हुँदा ३ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गढीमाई नगरपालिका वडा नम्बर २ समनापुर टोल निवासी रामरतन साह र हरेकृष्ण साहको संयुक्त पक्की पिलर भएको बाँस, काठ, टालीले बनेको दुई तल्ले घरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
प्रहरीका अनुसार रामरतन साहको १० बर्षीय छोरा अभिशेष कुमार साहले घरको माथिल्लो तल्लामा प्लाष्टिक पोलेर बल बनाउने क्रममा आगो लागेको हो । उक्त आगलागीमा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको इप्रका गरुडाको डिएसपी रबी रावलले बताए । आगो लागेको खबर पाउना साथ मातहतको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिदा मानविय क्षति नभएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै