मेरो आग्रह !

549 Shares

शोषक, सामन्त र कमिशनखोरलाई परास्त गरौँ ।
राजनीतिमा व्याप्त विकृति र भ्रष्टाचारको अन्तय गरौँ ।।

आदरणीय न्याय प्रेमी जनता ।

    विगत ३३ वर्ष देखि अटूट र सक्रिय रुपमा तन, मन रधनले समर्पित भई देश र मधेसको समस्यालाई सडक मार्फत सरकार समक्ष र सम्बन्धित ठाउँसम्म पुर्याउने काम गर्दै आएको छु र गरिरहने छु । यस क्रममा पटक पटक पक्राउ पर्नुका साथै धरना, अनसन र विरोध प्रदर्शनहरुमा समेत सहभागी हुदै आएको छु । आफू पनि सहभागी राजनीतिक दलको संघर्षका कारण नागरिकता समस्याको समाधान, मधेसी संस्कृतिले राष्ट्रिय मान्यता पाएको, केही हदसम्म आरक्षण लागु भएको र मधेसी पनि आत्मसम्मान र स्वाभिमानले देशको कुनै पनि कुनामा घुमफिर गर्न सक्ने अवस्थाको निर्माण गर्नमा आफनो भूमिका पनि रहेको पाउँदा सन्तोषको अनुभूति हुन्छ । गरीब, बेरोजगार नौजवान र किसानका मार्मिक अवस्थाको बारेमा धेरै थोक गर्न अझै बाकि छ । तर एक सुनियोजितषडयन्त्र अन्तरगतहाम्रो नागरिकता, संघियता, संस्कृति, पहिचान, प्राप्त अधिकार तथा आरक्षणलाई समेत समाप्त पार्ने प्रयास भईरहेका छन । यस्तो अवस्थामा आफनो अनुभव, योग्यता र क्षमताको अधिकत्तम सदुपयोग गर्न प्रदेशसभा मार्फत मेरो प्रभावकारी भूमिका हुन सक्दछ भने ठानेर नै रौतहटको १ ‘‘ख’’ बाट उम्मेदवारी दिने मनसाय बनाएको छु । किसान र युवा लगायत सवै वर्गको समस्या हाम्रो प्राथमिकतामा हुनेछ । इमान्दारिता, नैतिकता, सदचरित्र, त्याग, समर्पण र आर्थिक पारदर्शिता नै मेरो पहिचान रही आएको हो । हजुरहरुको आर्शिवाद, समर्थन, स्नेह र शुभकामना नै मेरो आधार हुनेछ । समाजसेवालाई व्यापार बनाउने र राजनितीलाई पनि व्यापार नै ठान्ने दुवै प्रकृतिको विरुद्धमा मेरो संघषै रही रहने छ । विगत ३३ वर्षको सक्रिय राजनीतिक यात्रा पश्चात पहिलो पटक प्रत्यक्ष रुपमा जनता माझ जाने मनसाय बनाएको छु । 

मेरो परिचय यस प्रकार रहेको छ ।
नाम ः श्रीमननारायण
पिता ः स्व. तिलकेश्वर मिश्रा (प्रा.वि.नी)
ठेगाना ः दुर्गा भगवती–३,मत्सरी
शिक्षा ः स्नातक, पत्रकारिता
राजनीतिमा सहभागिता वि.सं २०४६ सालमा पंचायत विरोधी आन्दोलनमा सहभागिता

 २०४७ वैशाख देखि २०५१ असोजसम्म नेपाल सदभावना पार्टी रौतहटको जिल्ला सचिव
 २०५१ कार्तिक देखि २०५५ असार सम्म पार्टीको जिल्ला अध्यक्ष
 २०५५ देखि २०५९ सम्म नेपाल सदभावना पार्टीको केन्द्रिय प्रचार प्रसार विभाग प्रमुख , पार्टी मुख पत्र, सदभावना सन्देशको सम्पादक तथा आमन्त्रित केन्द्रिय सदस्य
 २०६० वैशाखमा पार्टी अनुशासन विभाग प्रमूख र केन्द्रित सदस्य । शाहीकालमा जि.वि.स. रौतहटको मनोनित सदस्य तथा उपसभापतिको पद अस्वीकार गरेको ।
 २०६३ बैशाखमा पार्टीको प्रवक्ता, २०६४ कार्तिकमा नेसपा आन्नदी देवीको संयूक्त महासचिव
 २०७० भदौमा नेपाल सदभावना पार्टीको महासचिव र वि.सं २०७४ वैशाखमा पाटी एकीकरण पछि राजपा नेपालको महासचिव
 हाल हृदयेश त्रिपाठी नैतृत्वको जनता प्रगतिशील पार्टीको केन्द्रिय सदस्य
 वि.सं २०६४, २०७० र वि.स. २०७४ सालमा सांसदका लागी समानुपातिक सुचिमा नाम
 नेपालका प्रमूख संचार माध्यमहरु गोरखा पत्र, कान्तिपुर, नागरिक, राजधानी, नेपाल समाचार पत्र, हिमालय टाइम्स, प्रतिक, जनकपुर टुडे, रातो पाटी र खबर हब अनलाईन तथा क्षेत्रीय समाचार माध्यमहरु तथा भारतको आर्यावर्त, प्रभात खबर, साहारा र दैनिक जागरण तथा खोज बिनमा समेत देश र मधेशका जल्दा–बल्दा तथा समसामायिक विषयमा दुई हजार जति लेख रचना लेखेको छु र यो क्रम पनि जारी नै रहने छ ।

जय नौजवान ! जय किसान ! जय जनता !जय मातृभूमि !
प्रार्थी
श्रीमन नारायण
सम्पर्क नम्वर ः ९८४१३५४९६४
९८११८१०५७६

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।