रौतहट, १९ फागुन । सिमापारी भारतीय बजारबाट ठूलो परिमाणमा लागु औषध लिएर आउदै गरेको अवस्थामा रौतहट प्रहरीले दुई जना भारतीय नागरिकलाई राजदेवी नगरपालिकाबाट नियन्त्रणमा लिएका छ ।
सिमापारी भारतीय बजारबाट किनेर ल्याउदै गरेको भारत विहार राज्य सितामढी जिल्ला वैरगनिया भकुरहरको १८ बर्षिय निखिलकुमार श्रीवास्तव र सोही स्थानको १८ बर्षिय श्यामकुमार यादव एउटै साइकलमा सवार भई आउदै गरेको अवस्थामा राजदेवी नपाको लक्ष्मिपुरमा उनीहरुलाई ठूलो परिमाणमा लागु औषाध सहित बुधवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
पक्राउ परेको व्यक्तिहरुले बोकेको झोला भित्र नुफिन २ एमएलको १८० पिस, डाईजेलेप २ एमएलको १२० पिस, फेनरागन २ एमएलको १८० पिस र डाईजेपाम ६० पिस गरी ५४० पिस लागु औषध रहेपछि उनीहरुलाई लागु औषध ओसारपसार ऐन अन्तर्गत अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।