zoom download free laptop windows 10 zoom meeting for download download fractal zooms zoom app for windows pc free download zoom uk login my account uk zoom app for the pc

गरुडा नगर भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयलाई नगरपालिकाको परिपत्र

   २१ भाद्र २०७९, मंगलवार १६:०३  

गरुडा(रौतहट), २१ भदौं । विद्यालय शिक्षालाई चुस्त दुरुस्त बनाउन तथा विद्यालय भित्र अध्ययन मैत्री वातावरणको तयारीको दिवा खाजालाई व्यवस्थित बनाउनका निमित्त गरुडा नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यलायहरुको हकमा परिपत्र जारी गरेको छ ।
गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवको हस्ताक्षरित जारी भएको परिपत्रमा भदौं १९ गते आईतवारका दिन नगरप्रमुख कन्थमणी प्रसाद जयसवालको अध्यक्षताम उपनगर प्रमुख पुनमकुमारी चौधरी, निर्वाचित कार्यपालिका सदस्यहरु तथा नगरभित्रका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक सम्मिलित बैठकमा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरिय, विद्यालय मैत्री बनाउने विभिन्न किसिमको निर्णयहरु गर्दै कडाईका साथ पालना गर्नुपर्ने अन्यथा सो सम्बन्धित विद्यालयको प्रअ विरुद्ध नगरपालिकाले कडा एक्शन लिने जनाइएको हो ।
विद्यालयको निर्धारित समयमा शिक्षक, कर्मचारी र विद्यार्थीहरु अनिवार्य रुपमा उस्थित हुनुपर्ने, कक्षामा शिक्षक उपस्थित भएको समय, सिकाएको विषयबस्तु र कक्षा छाडेको समय लगायतको अभिलेखिकरण अनिवार्य रुपमा राख्नुपर्ने । नियमति रुपमा विद्यालयको चउर, कक्षा कोठा, शौचालय, दिवा खाजा घर कलधारा सहितमा सरसफाई अनिवार्य रुपमा हुनुपर्ने । कक्षा कोठा भित्र शिक्षक वा विद्यार्थीहरु मोवाइल फोन प्रयोग गर्न नहुने यदी अनिवार्य भएको खण्डमा प्रअ संग स्वीकृति लिएर चलाउनुपर्ने । सहज वातावरण बनाई नियमानुसार यथाशिघ्र विद्यालय व्यवस्थापन समितिको गठन तथा शिक्षक अभिभावक संघ गठन गर्नुपर्ने ।
यस्तै तोकिएको सुची अनुसार दिवा खाजाको व्यवस्थापन गर्नुपर्ने । अनिवार्य रुपमा विद्यालय स्तरिय बाल क्लव गठन गर्नुपर्ने । गुनासो सुनवाई कार्यविधि २०६४ (संशोधन सहित २०७७) अनुसार विद्यालयमा गुनासो सुनवाई समिति गठन गरी सबैको पहुँच पुग्ने ठाउनमा गुनासो पेटिका राख्नुपर्ने । अनिवार्य रुपमा महिनाको अन्तीम दिनको एक दिन अगावै प्रअ वैठकमा उपस्थिति हुनुपर्ने लगायतका परिपत्र सामुदायिक विद्यालयलाई गरिएको गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत यादवले तराई टप संग कुरा गर्दै जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै