instal zoom app guy capuano download zoom patches how do you record on zoom app zoom login online australia zoom download 64bit zoom us download client_4meeting zoom download win 10

चीनमा कोभिड संक्रमणको मामिला तीन महिनाकै उच्चमा

   २१ भाद्र २०७९, मंगलवार १९:०६  

यितेन्द्र शर्मा
चीनमा कोभीड–१९ संक्रमणका मामिलाहरु तीन महिनाकै उच्चमा पुगेको छ । दक्षिणी टापु प्रान्त हेनानमा यसको संक्रमण र प्रकोप तीव्र गतिमा फैलिदै गएको छ जुन बसन्त ऋतुमा शंघाई बन्द भएदेखि कै उच्च हो । तालाबन्दीका बावजुद उष्ण कटिबन्धीय हाइनानमा यसरी भाईरस फैलिने क्रममा जारी रहेका कारण हजारौं संक्रमितहरु उपचारका लागि अस्पताल पुग्ने क्रम तीव्र छ । अन्य तातो ठाउँहरुमा पनि संक्रमण बढने खतरालाई ध्यानमा राखेर छिमेकी प्रान्तले यस क्षेत्रका यात्रुहरुलाई प्रवेश गर्न अस्वीकार गरेपछि तिब्बतको राजमार्गमा सयौं सवारी साधनहरु रोकिएका छन् । उनीहरु पनि प्रारम्भिक प्रकोपको अनुभव गरि रहेका छन् ।
यसैबीच सिआनमेनको तटीय सहरका अधिकारीहरुले माछा मार्ने र तिनीहरुको दैनिक वचावहरु भाईरसको लागि परीक्षण गर्ने काम बढेको छ । अवैध व्यापार र माछा मार्नेहरु वीचको अन्तरक्रियावाट फैलिएको डरले बुधवारसम्म चीनभर ३ हजार ४२४ जनामा संक्रमण देखिएको थियो जुन एक दिन अघिको भन्दा करिव सात सय बढी संख्या रहेको छ । तिब्बतमा बिहिवार सम्म २२८ संक्रमणको केसहरु भए । हेनानको प्रकोप चीनको हवाई डब गरिएको, रिसोर्ट सहर सोन्यामा केन्द्रित छ, जसले बुधवारको लागि एक हजार २ सय ३१ केसहरु रिपोर्ट गरेको छ । अगस्त १६ सम्म चारवाटा अस्पतालको निर्माण र ७ हजार शच्याहरु उपलब्ध गराउने काम भएको छ । चीनमा चलि रहेको कोभीड–शून्यको नीतिको केसहरु र तिनका नजिकका सम्पर्कहरुलाई कवारेण्टाई जस्तो अवस्थामा राखेको छ । यस प्रयासमा सहयोग गर्न सांघाई, शानदोङ्ग र गुआङसी आदि प्रान्तमा दुई हजार भन्दा बढी सुरक्षाकर्मी पठाइएको छ ।
सूर्यको बढदो प्रकोपले यस क्षेत्रमा प्रकोपको गम्भीरता हेनानको भाईरस हयाण्डल गर्ने क्षमताको बारेमा चीनको चिन्तालाई बढाई दिएको छ , चीन रिसोर्ट आईलैन्डमा फसेका पर्यटकहरु विरोध पछि केही सकारात्मक आशा देखेका छन् । १० दिन भन्दा बढी समय सम्म क्वारेण्टाईनमा बस्न बाध्य दुई लाख जति पर्यटकहरु विरोध प्रदर्शन गर्ने क्रम रोकिएको छैन । सान्या विमान स्थलका विरोध भए पछि अब यो सामान्य अवस्थामा फर्केको छ । उडान रद्य गरिएका कारण शहर छाडन ब्यग्र पर्यटकहरुको चिन्ता झन दुखद रहेको छ । दक्षिणी युनान प्रान्तका अधिकारीहरुद्धारा सप्ताहन्तमा तिब्बतबाट जाँचहरु गराई प्रवेश निषेध गर्ने निर्णयले क्वारेण्टईनको अभावमा ट्राफिक जाम हुँदा चार माईल सम्म लाईन लागेको थियो । विदेशी माछा मार्नेहरु सँगको व्यापारले संक्रमणको ढोका खोलने डरले सिआन मेनका अधिकारीहरुलाई र कामदारलाई परीक्षण अनिवार्य गरिएको छ साथै माछाको परीक्षण पनि गर्न थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै