best zoom app download zoom meetings app zoom downloas zoom app downloader zoom login online india zoom download free app zoom guitar lab 4.0 download zoom teleconference app

काश्मिरको श्रीनगरमा मल्टिप्लेक्स सिनेमा घर

   २२ भाद्र २०७९, बुधबार १४:०७  

नयाँ दिल्ली । भारतको काश्मिरमा करिव तीन दशक पछि मल्टिप्लेक्स सिनेमा घर बन्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
श्रीनगरमा तीन दशक पछि आफ्नो पहिलो मल्टिप्लेक्स सिनेमा ल्याउने तयारी भईरहेको हो । श्रीनगर उपत्यकाका युवाहरूलाई रोजगारीका अवसरहरू सँगै मनोरञ्जन ल्याउने प्रमुख कदमको रूपमा लिइएको छ ।
भारतीय जनता पार्टीको नेतृत्वमा रहेका केन्द्रीय सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको अथक प्रयासबाट जम्मू कश्मीरबाट धारा ३७० खारेज गर्दै करिव तीन वर्षपछि कश्मीरमा मल्टिप्लेक्स स्थापना गरिएको छ । द्वन्द्व बढेपछि उपत्यकाका थिएटरहरू सन् १९९० मा बन्द भएका थिए ।
सेप्टेम्बर देखि सर्वसाधारणका लागि खुला हुने सम्भावना रहेको मल्टिप्लेक्सको डिजाइन आइनक्सले गरेको हो र यसमा तीनवटा अडिटोरियमहरू हुनेछन्, प्रत्येकमा अत्याधुनिक साउन्ड सिस्टम र आरामदायी बस्ने सुविधा हुनेछ । परियोजनाका अध्यक्ष विजय धरले कश्मीर बाहिर अन्यत्र जुन सुविधा युवाहरूले सिनेमामा पाउँछन्, त्यही सुविधा दिनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै