नयाँ दिल्ली । विश्वको पाँचौ नम्वरको अर्थतन्त्रको देश भारत बनेको छ ।
विश्वकै सबैभन्दा तीव्र विकासशील अर्थतन्त्र बेलायतलाई पछि पार्दै विश्वकै पाँचौं ठूलो अर्थतन्त्र भएको देश भारत बनेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जर्मनी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो ।
करिब एक दशक अघि भारत विश्वको ११ औं ठूलो अर्थतन्त्रका रूपमा रहेको थियो । त्यति बेला बेलायत पाँचौं नम्बरमा रहेको थियो । अप्रिलदेखि जुनको क्वाटरमा उल्लेखनीय विस्तार सहित भारतको अर्थतन्त्रले बेलायतलाई पछि पारेको हो । भारतले यूकेलाई उछिनेको अनुमान ब्लूमबर्गले आईएमएफको डाटाबेस र यसको टर्मिनलमा ऐतिहासिक विनिमय दरहरू प्रयोग गरेर क्याल्कुलेसन गरेकोमा आधारित छ ।
भारतीय अर्थतन्त्रको आकार ८५४.७ अर्ब डलर थियो भने सोही आधारमा युकेको ८१६ अर्ब डलर थियो, ब्लूमबर्गको रिपोर्टले भनेको छ । भारत विश्वको सबैभन्दा छिटो बढ्दै गइरहेको प्रमुख अर्थतन्त्र भएकाले आगामी केही वर्षमा बेलायत माथि यसको नेतृत्व फराकिलो हुने भएको छ ।
भारतको लागि गौरवको क्षण हाम्रो औपनिवेशिक शासक यूकेलाई ५ औं सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा भारतले उछिनेको छ । भारतको अर्थतन्त्र ३.५ अर्ब डलर र युकेको ३.२ अर्ब डलर छ । तर जनसङ्ख्याको वास्तविकता जाँच गर्दा भारत १ अर्ब ४० करोड र बेलायत ०.०६८ अर्बमा छ । त्यसैले प्रति व्यक्ति जीडीपीमा हामी २५०० डलरमा र बेलायत ४७००० डलरमा छ । त्यसैले हामीसँग अझै धेरै गर्न बाँकी छ । आउनुहोस् त्यसमा काम गरौँ, भारतको कोटक महिन्द्रा बैंकका सीईओ उदय कोटकले एक ट्विटमा भनेका छन् ।
भारतको जनसङ्ख्या यूकेको भन्दा २० गुणा बढी छ । त्यसैले यसको प्रतिव्यक्ति जीडीपी कम छ । विश्वको सबैभन्दा द्रुत वृद्धि भइरहेको अर्थतन्त्रको ट्यागलाई कायम राख्दै भारतको जीडीपी अप्रिल जुनको त्रैमासिकमा १३.५ प्रतिशतले विस्तार भएको छ । तर, बढ्दो ब्याज लागत र प्रमुख विश्व अर्थतन्त्रहरूमा मन्दीको बढ्दो खतराले आगामी क्वार्टरहरूमा गतिलाई सुस्त बनाउन सक्छ आशंका गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन