zoom meeting recording app download for pc - zoom meeting recording app download for pc zoom login no download zoominfo extension download - zoominfo extension download zoom download for pc 64 bit uw download zoom zoom 5.6.5 download

चन्द्रपुरको थलाही टोलमा आगलागी हुँदा ३ लाखको क्षति एक जना गम्भीर घाईते

   २० फाल्गुन २०७७, बिहीबार १७:०९  

तराई टप संवाददाता
रौतहट, २० फागुन । रौतहटको चन्द्रनिगाहपुरमा बुधवार राति एक घरमा आगलागी हुँदा ३ लाख सम्पती जलेर नष्ट भएको छ भने घरमुली गम्भीर घाईते भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित थलाही टोल नहर वारी प्रसादी एकेडेमी नजिकै नहरको डिलमा रहेको फुसको छाना भएको विरेन्द्र रावतको घरमा गए राती ११.३० बजेको समयमा अचानक आगलागी हुदा उक्त मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको पिडित रावतकी श्रीमति शान्ति देवीले बताइन ।
राती सबै जना सुतिसकेको अबस्था एक्कासी घरमा आगो घरबाहिर निस्कन ढिलो हुँदा घरमुली रावत आगलागीमा परी घाईते भएको उनको श्रीमतीले शान्तिले भनिन । आगलागीमा परेर गम्भीर घाइते भएको रावतलाई चन्द्रपुर अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगञ्ज रिफर गरिएको थियो ।
विरगञ्जमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ तर्फ लगिएको पिडित परिवारले जनाएको छ । घरमा श्रीमान र श्रीमति मात्र रहेको तथा उक्त फुसको छाना भएको घरमा ३ वटा भैसी रहेकोमा भैसीलाई जोगाउन खोज्दा चौपाया, बाख्रा सहित रावत जलेका उनकी श्रीमती शान्तिले बताइन । घर भित्र रहेका भएभरका लताकपडा, अन्न, राति पाहुना बस्न आएको एक अपाँगको व्हील चेयर सहित सामग्री जलेर नष्ट भएको छ ।
आगलागीको खवर पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी सहित स्थानीय बासिन्दाहरुले आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै