रौतहट, २२ भदौं । अगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनका लागि रौतहट जिल्लामा रहेका प्रतिनिधि सभाको ४ सिट र प्रदेश सभाको ८ सिटको लागि प्रत्यक्ष चुनाव लड्ने सम्भावीत उम्मेदवारको सुची तयार गरेर नेपाली काँग्रेस रौतहट प्रदेश समितिलाई सिफारिस गरेका छन् ।
क्षेत्रिय समितिको सिफारिसको आधारमा प्राप्त भएको सम्भावित उम्मेदवारको नामावलीलाई नेपाली काँग्रेस जिल्ला समिति रौतहटले निर्णय गर्दै प्रदेश समितिलाई नामावली निर्णय गर्दै सिफारिस गरिएको जिल्ला सभापति सुनिलकुमार यादवले जानकारी दिएका हुन् ।
रौतहट क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादवको एकल नाम सिफारिस गरिएको हो । निर्वाचन क्षेत्र नम्वर २ प्रतिनिधि सभाको लागि निलम्वीत साँसद मोहम्मद आफताव आलम र अन्जु झा । क्षेत्र नम्वर ३ प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादव, सुनिलकुमार यादव र ओमप्रकाश तथा निर्वाचन क्षेत्र नम्वर ४ प्रतिनिधि सभाको लागि देवप्रसाद तिमलसिना, रविन चन्द्र कोइराला, मिथिलेशकुमार मिश्र, शेख अमिरुल, कल्याण कार्की र सन्ध्या देवीको नाम सिफारिस गरिएको बताइएको छ ।
यस्तै प्रदेश सभाको जिल्लामा रहेको ८ क्षेत्र मध्ये रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (क) मा कृष्णप्रसाद यादव, नागेन्द्र साह । (ख) बाट कृष्णप्रसाद यादवको एकल नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्वर २ को (क) बाट सकिल अख्तर, लालविहारी साह, लालबाबु जयसवाल, शेख रासिद अली र पंकज सिन्हा । क्षेत्र नम्वर २ को (ख) बाट रामचन्द्र गिरीको एकल सिफारिस भएको बताइएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्वर ३ को (क) मोहम्मद फिरोज आलम, बालमिकी प्रसाद यादव, राममंगल प्रसाद यादव, जवाहरलाल प्रसाद यादव र मोहम्मद शेराज । क्षेत्र नम्वर ३ को (ख) मा सुनिलकुमार यादव, नविनचन्द्र यादव, राजकिशोर प्रसाद साह, उमेश राय यदाव र भैरो लाल महतोको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर ४ को (क) मा धनलाल ठोकर, अजय कुमा, लेखनाथ कोइराला, जितेन्द्र चौधरी, संजयकुमार कार्की, सुर्य बहादुर थापा, केदार थापा, अधिकलाल चौधरी, मुकेश गिरी, गिता भारती गरी १० जनाको नाम सफारिस भएको छ भने निर्वाचन क्षेत्र नम्वर ४ को (ख) मा कृष्णप्रसाद यादव, लालबाबु प्रसाद यादव, संजय यादव, गोविन्द साह, मोहम्मद जमसैद, शेख नजबुल्लाह, रामकृष्ण चौधरी, लक्ष्मण साह, लालबाबु सहनी, रामवशिष्ट राय यादव, उपेन्द्र साह र चुनचुन साह गरी १२ जना सम्भावित उम्मेदरवारको नाम सिफारिस सहित मधेश प्रदेश कार्यालयमा पठाइएको जिल्ला समिति रौतहटले जनाएका छन् ।
सिफारिस गरिएका सम्भावित उम्मेदवारको नामावली मध्ये मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवको नाम ५ वटा निर्वाचन क्षेत्रमा राखिएको छ । जसमध्ये १ र ३ नम्वर क्षेत्रको प्रतिनिधि सभामा तथा प्रदेश सभाको लागि १ नम्वर क्षेत्रको क र ख एवं निर्वाचन क्षेत्र नम्वर ४ को ख गरी ५ स्थानबाट उनको नाम सिफारिस गरिएका नेपाली काँग्रेसद्धारा उपलब्ध गराइएको सुचीमा उल्लेख रहेको छ ।
समानुपातिक तर्फ
निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि रामकृपाल यादव, नरेन्द्र पासवान, भुवनी गिरी श्रेष्ठ र विन्दा साहनी । निर्वाचन क्षेत्र १ को (क) मा शान्ति देवी, शम्भु प्रसाद यादव, डा. शाखान खातुन। चिरञ्जीवी प्रसाद सिंह, रामवशिष्ट राय यादव, प्रकाश कुमार सिंह, अनिताकुमारी साह, अम्बिका कुमारी गुप्ता र काशीलाल चौधरी । (ख) मा सन्तुप्रसाद यादव, इन्दुकुमारी साह, नितेशकुमार गुप्ता, नजमा खातुन, सोविता सहनी, जिरमन्ति दवी यादव, सन्तलाल साह, हरेन्द्र राय यादव, रेणु यादवको सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र नम्वर २ प्रतिनिधि सभा तर्फ समानुपातिकमा सम्भावित उम्मेदवारहरु रामलोचन प्रसाद कलवार, जफिरा खातुन, धर्मेन्द्र पासवान, अन्जु झा प्रदेश तर्फ (क) मा मोहम्मद महताव आलम, गृषनन्दन कुमार सिंह, जमुना ठाकुर, प्रेमकुमार यादव, शेख फजरुल्लाह, निकहत वेगम, कौशर आलम, जुहीकुमारी झा, सामा अख्तर र रामलोचन प्रसाद कलवार । (ख) मा रामचन्द्र गिरी, साहजहाँ वेगम, बचिया देवी, रेणुकुमारी यादव, सुरेश प्रसाद पटेल, मोसिमा वेगम, नवलकिशोर साह, शर्मिला देवीको नाम समावेश गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर ३ प्रतिनिधि सभा समानुपातिक तर्फ निर्मला सुवेदी, फिरोज आलम । प्रदेश (क) तर्फ बालमिकी प्रसाद यादव, ज्ञानेन्द्र प्रसाद यादव, पवनराज गिरी, रामएकवाल राय यादव, शेख फैज अहमद, शेख कमरुद्दिन, आशाकुमारी यादव, शेख सनाउल्लाह, रमेशप्रसाद खरेल इन्दिरा देवी चौधरीर र मोहम्मद शेराज । (ख) तर्फ सुनिलकुमार यादव, निलम देवी, हृदयनारायण राय यादव, रंगिला देवी जयसवाल, सुनिता देवी यादव, सति देवी, महादेव साह, जोगिन्द्र राय, उमाकान्त सहनी, उमेश चौधरी र प्रकाश श्रेष्ठको नाम सिफारिस गरिएका छन् ।
निर्वाचन क्षेत्र नम्वर ४ प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फ सरस्वती गिरी, अनिता कर्ण, अनन्त कोइराला र लक्ष्मि बराल । प्रदेश तर्फ (क) मा सुबास कोइराला, सपुतबहादुर कार्की, श्रृष्टि श्रेष्ठ, भागरिथ दास तत्मा, चन्द्रकुमारी गुरुंग, माहानन्द राय यादव, गणेश प्रसाद चौलागाई, सानुमाया ठोकर, प्रमोद हजरा, शैलेन्द्र चौधरी, विनोद गुप्ता तथा (ख) तर्फ शम्भु पटेल, सुनिता श्रेष्ठ, शेख तवारक, शेर मजिद, रोज महम्मद, विश्वनाथ राम यदाव, अदुद मिया कवारी, नेक महम्मद, इन्दल दास र गजेन्द्र पालको नाम सिफारिस गरिएको छ ।
नेपाली काँग्रेसले सबैलाई सन्तुष्ट हुने गरी जिल्लाबाट नाम सिफारिस गरेको छ तर टिकट दिने नदिने सर्वाधिकार मधेश प्रदेश समितिको समन्वयमा केन्द्र संग रहेको श्रोतले जनाएको छ । नेकाले जम्बो उम्मेदवारको नामावली सफारिस गर्दा कहिकतै विरोधाभास नभएको बताइएको छ ।
उक्त सुची अनुसार बहालवाला शिक्षक राममंगल प्रसाद यादवको नाम निर्वाचन क्षेत्र नम्वर ३ अन्तर्गत प्रदेश सभाको लागि प्रत्यक्षमा क बाट सिफारिस गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन