रौतहट, २२ भदौं । पटक पटक एउटै फर्मको नाममा कोटेशन दिई सार्वजनिक खरिद ऐन तथा नियमावलीको धज्जी उडाउदै नेपाल खानेपानी संस्थान शाखा कार्यालय गौरका प्रमुख गोविन्द साहले चरम आर्थिक अनियमितता गरेको रहस्य खुल्दै गएको छ ।
सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई धोती लगाउदै शाखा प्रमुख साहले पटक पटक एउटै व्यत्तिको फर्मबाट कोटेशनमा काम गराई संस्थानलाई हानी नोक्सानी पुर्याउदै आइरहदा पनि संस्थानको केन्द्रीय कार्यालय तथा जिल्ला स्थित सम्बध निकाय मौन रहदा साहको आर्थिक अनियमतिता पराकाष्ठा नाघेको कार्यालय श्रोतले जनाएको हो ।
सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई धोती लगाउदै नेपाल खाने पानी संस्थान शाखा कार्यालय गौरका प्रमुख गोविन्द साहको खानेबानी ?
गत आवमा ४१९१ मिटर कोटेशन र ४२६९ मिटर टेण्डरमा पाइपलाईनको काम गरिएका थिए । जस अनुसार प्रमुख साहले आर्थिक प्रलोभनमा परेर एकै व्यक्तिबाट पटक पटक कोटेशनमा काम गराउदै आएको बताइएको छ । पछिल्लो समयमा केही राजनीतिक पहुच भएकाहरुलाई खुशी पार्न ति कामहरु उनीहरुका मान्छेलाई कोटेशनमा दिइएको ति श्रोतले दाबी गरेका छन् ।
जबकी सार्वजनिक खरिद ऐन तथा नियमावलीमा स्पष्ट रुपमा उल्लेख गरिएको छ कि बर्षमा एउटा फर्मलाई एक पटक मात्रै कोटेशन दिन मिल्ने तर उक्त ऐनलाई धज्जी उडाउदै पटक पटक कोटेशन दिइयो किन ? आर्थिक प्रलोभन नभएको भए सार्वजनिक खरिद ऐन र नियमावलीको विपरित काम किन गराइयो ? प्रश्न उठ्न स्वभाविकै हो ।
सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार निर्माण कार्य गराउँदा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एक आर्थिक वर्षमा एक पटक भन्दा बढी पटक सोझै खरिद गर्न सकिने छैन ।
तर उक्त ऐन विपरित काम भएको छ कि छैन भने सम्बन्धित निकायले समयमै आवश्यक अनुसन्धान गरेर दुधको दुध पानीको पानी छुट्याउन समेत कार्यालय श्रोतले तराई टप मार्फत माग गरेका छन् ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय गौरमा चार चक्का जीप बर्षौ देखि थन्किएको छ, २ वटा मात्रै बाइक छ तर मर्मतको नाममा लाखौंं रकम निकाशा भएको साथै इनधनमा ठूलो चुहावट रहेको समाचार भोलीको अंकमा प्रशाशित गरिने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन