download a zoom app zoom meeting logins - zoom meeting logins zoom vdi client download download zoom app in windows 10 zoom download kostenlos windows 10

पुजारी हत्या भएको ११ दिन वितिसक्दा पनि अपराधी प्रहरी नियन्त्रण बाहिर, वडाध्यक्ष सहित तिन फरार

   १४ भाद्र २०७७, आईतवार १४:२५  

रौतहट, १४ भदौं । ११ दिन अघि खाना खान बसेका पुजारीको कन्चटमा गोली प्रहार गरेर हत्या गर्ने अपराधी अझै प्रहरीको नियन्त्रण भन्दा बाहिर छने घटना भए देखि नै वडाध्यक्ष संगै तिन जना फरार रहेका छन् ।
पुजारी हत्या भएको भोली पल्ट देखि नै प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले गहन अनुसन्धान गर्दा अपराधीलाई समात्न प्रहरी सकेको छैनन भने घटना भए देखि नै वडाध्यक्ष संगै तिन जना व्यक्ति फरार रहेको बुझिन आएको श्रोतले दाबी गरेका हुन् ।
भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह खाना खान बसेको अवस्थामा अज्ञात समुहले देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए । घटना भएको केही वेरमा प्रहरी पुगेर हत्यामा संलग्न अज्ञात समुहको खोजी गर्ने क्रम तिव्र बनाए पनि अहिले सम्म प्रहरीले अपराधीलाई समाउन सकेको छैनन ।
घटनाको भोली पल्ट अर्थात भदौ ४ गते विहानै देखि तालिम प्राप्त ४ वटा कुकुर ल्याएर अनुसन्धान गरियो । अनुसन्धानकै क्रममा देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनियाका वडाध्यक्ष शेख नुरुल्लाह संगै अन्य तिन जना व्यक्ति घटना भएको दुई पछि देखि फरार रहदै आएको प्रहरी श्रोतले दाबी गरेको छ । वडाध्यक्ष नुरुल्लाह संग तीन जना फरार भएर सिमापारी भारतीय क्षेत्रमा गइसकेको आशंका गरिएको छ ।
जनता समाजवादी पार्टीबाट निर्वाचित भएका वडाध्यक्ष नुरुल्लाह चुनाव अघि विगतको बर्षहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि सुराकी गर्दै आएका थिए । २०६४ सालबाटै प्रहरी अधिकारीहरूलाई प्रभावमा पारेर अपराध धन्दा चलाउने गरेको प्रहरी प्रमुख संग छवी राम्रो बनाउन सिपालु रहेका नुरुल्लाह भारतीय अपराधीहरुलाई बोलाएर आफै हतियार दिई प्रहरीद्धारा दोहोरो भिड्न्तमा मारिएका कतिपटक घटना घटाएर सोको आडमा आफनो कार्य संचालन गर्दै आएका उनी माथि पुजारीको हत्या संलग्न रहेको आशंका गरेर खोजी कार्य गर्दा फरार भएका छन् ।
पुजारीको हत्या हुनु केही साता अघि नरुल्लाह केही व्यक्तिका साथ मन्दिर नजिकै आएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दिएको छ । त्यसबेला पुजारीसँग उनको भनाभन पनि भएको थियो । करुनिया घर भएका नरुल्लाह जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता हुन् । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले पनि वडाध्यक्ष नरुल्लाह सम्पर्कविहीन भएको बताए ।
प्रदेश २ प्रहरी कार्यालयका एसएसपी यज्ञविनोद पोखरेलले पुजारी हत्याको प्रहरी सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको हुँदा अलि धर्य राखेर अनुसन्धान कार्यलाई सहयोग पुर्याउन आग्रह गरे । घटनास्थल वरीपरी घर नहुँदा अलि अनुसन्धान गर्न जटिल भएपनि चाँडै अपराधीलाई समातेर कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाए ।
पुजारी हत्याको विषयलाई लिएर नेकपा प्रदेश २ का सभापति प्रभु साह, नेपाली काँग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादव, जसपाको जिल्ला इन्चार्ज वृजकिशोर यादव सहितका विभिन्न राजनितिक दल तथा हिन्दुवादी संघसंस्थाहरु विज्ञप्ती मार्फत अविलम्ब हत्यामा संलग्न व्यक्तिलाई समात्न स्थानीय प्रशासनलाई दवाव दिएको भएपनि अपराधी समक्ष प्रहरी पुग्न नसक्दा हिन्दुवादी संघसंस्थाहरुको निरन्तर रुपमा विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै