यितेन्द्र शर्मा
भारतसँगको सिमानाको अवस्था अहिले स्थिर रहेको भारतका लागि चिनिया राजदुत बेइ डोङ्गले दावी गर्दै त्यहाँको परिस्थिति र गतिविधिहरु दुवै देशसित भएको सम्झौता अनुसार नै हुने बताएका छन् । पूर्वी लद्याखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै चिनिया लडाकु जेटहरु उडान गर्ने केही उदाहरणहरुको रिपोर्ट सार्वजनिक भए पछि चिनिया राजदुतको यस्तो टिप्पणी आएको हो ।
चीनले भारतसँग भएका सम्झौता अनुसार सीमा क्षेत्रमा सबै गतिविधि सन्चालन गर्छ । सिमानामा अहिले स्थिर अवस्था छ, यस बाहेक थप केही छ जसतो जानकारी आफुसित नभएको दावी उनले गरेका छन् । भारतीय विदेशमन्त्री एस जयंशकरले सीमा क्षेत्रको अवस्था सामान्य नभए सम्म भारत–चीन सम्बन्ध सामान्य हुन सक्ने र चीनले सीमा क्षेत्रको शान्तिमा खलल पु¥याउने हो भने यसले हाम्रो सम्बन्धलाई असर पार्ने भन्दै हाम्रो सम्बन्ध सामान्य हुन सीमानाको अवस्था सामान्य हुनु हो भने हाम्रो दृढ अडानलाई चीनले बुझनुपर्ने प्रष्ट भाषामा जवाफ दिएका छन् ।
भारत–चीन मुद्दामा भारतको दक्षिणी राज्य बेंगलुरुमा बोल्दै उनले भारत र चीनले पूवी लद्याखको चुशुल–मोल्डो सीमा बैठकमा गत ४५ दिनमा उक्त क्षेत्रमा चिनियाँ पक्षले गरेको हवाई अन्तरिक्ष उल्लंघन र उकसाहट बारे छलफल गर्न विशेष चरणको सैन्य वार्ता गरेका थिए भारतीय वायुसेवाले पूर्वी लद्याख क्षेत्रमा हवाई स्पेसको उल्लंघन गरेर चीनको प्रयासलाई कडा रुपमा प्रतिवाद गरेपछि वार्ता भएको थियो र दुवै पक्षले वास्तविक नियन्त्रण रेखाको १० किलोमिटर भित्र नै लडाकु विमान उडाउनेमा सहमति गरेका थिए तर चीनले विश्वास निर्माण मापन लाईनको उल्लंघन गरेको आरोप भारतको छ । सैन्य वार्ताको क्रममा भारतीय पक्षले पूर्वी लद्याख क्षेत्र नजिकै एक महिना भन्दा बढी समय देखि चिनिया उडान गतिविधिहरुमा कडा आपत्ति जनाएको छ र उनीहरुलाई त्यस्तो उत्तेजक गतिविधिहरुवाट जोगिन आग्रह गरेको एएनआई समाचारमा उल्लेख छ । यो वार्ता पनि यस्तो समयमा भएको छ जतिवेला जब चिनिया शासकहरु अमेरिकी ताईवान भ्रमण जापानको विशेष आर्थिक क्षेत्रमा व्यालेष्टिक मिसाईल प्रहारलाई लिएर अमेरिका लगायत धेरै देशहरु सँगै तनावपूर्ण सम्बन्ध रहेको छ। वार्तामा दुवै देशका सैन्य अधिकारी सहभागी थिए ।