नेपाल आयल निगम लिमिटेड इनधन डिपो कार्यालयको चरम लापरवाहीको कारण पेट्रोलियम व्यवसायी मर्कामा

547 Shares

महेन्द्रनगर (धनुषा), २३ भदौं । नेपाल आयल निगमन लिमिटेड इनधन डिपो कार्यालय महेन्द्रनगर धनुषाको चरम लापरवाहीको कारण पेट्रोलियम पदार्थ व्यवसायी मर्कामा परेर उठिबास हुने अवस्थामा पुगेका छन् ।
नेपाल आयल निगम लिमिटेश इनधन डिपो कार्यालय महेन्द्रनगर धनुषामा डिजेज अमेखगञ्ज र पेट्रोल भारत विहारको बरौनी डिपोबाट आउने गरेका हुन् । बरौनीबाट आउने पेट्रोल बोकेको ट्याँकरमा ५० देखि ९५ लिटर सम्म पेट्रोल कम भएको कारण त्यस भेगका पेट्रोलियम पदार्थका व्यवसायीहरु मर्कामा पर्दै उठिबास हुने अवस्थामा पुगको छ ।
निगमको डिपो कार्यालय महेन्द्रनगर संग ४० वटा ट्याँकरको कन्ट्रयाक्ट रहेको छ । त्यसैले भारतको बरौनी डिपोबाट पेट्रोलको ढुवानी गर्ने गरेका छन् । नगमको भण्डारण कक्ष नहुँदा ट्याँकरबाट आएको इनधन सोझै व्यवसायीको पम्प सम्म जाने गरेको हुँदा सो सटेजको मार व्यवसायीहरुलाई खेप्नु परेका छन् ।
सटेजकै कारण कतिपय पेट्रोलियम पदार्थका अधिकृत विक्रेताहरु इनधन मगाउन छाडेको अवस्था छ भने । नियमित रुपमा लिइरहेको विक्रेतालाई सटेजको पिडा सहनु परेको गुनासो निगमलाई गर्दा भदौं १९ गते १३६८, २०७३ र ३४१३ नम्वरको ट्याँकरलाई जाँच गर्र्दा ७०, ७५ र ९५ लिटर सम्म इनधन कम पाएपछि निगमले चेतावनी दिएर अव उपरान्त कम भएमा कारवाही हुने बताइएको निगम श्रोतले बतायो ।
नेपाल आयल निगम लिमिटेड इनधन डिपो कार्यालय महेन्द्रनगरले भदौं २१ गते ६ वटा ट्याँकरलाई चेकजाँच गर्दा ३०१०, २२०८ र २९७० नम्वर तिन वटा ट्याँकरमा नाप भन्दा कम इनधन पाएपनि कुनै कारवाही गरिएन । यसरी पटक पटक कम मापन भएपनि कारवाही नुहुँदा ढुवानी व्यवसायीलाई कारवाही नगरिनु, निगमको एन अनुसार त्यस्ता ढुवानी गर्नेको कट्याँक्ट खारेज गर्नुपर्ने प्रावधान भएपनि कारवाही प्रक्रिया अघि नबढ्दा निगम प्रति व्यवसायीहरुले प्रश्न चिन्ह खडा गरेका छन् ।
नेपाल आयल निगम लिमिटेड इनधन डिपो कार्यालय महेन्द्रनगरका प्रमुख टिकाजंग थापाले व्यवसायीहरुको गुनासोको आधारमा चेकजाँच गर्दा केही ट्याँकरमा मापन भन्दा कम इनधन पाएको स्वीकार गरे । पहिलो चोटी चेतावनी दिएर छाडिएको छ, अहिले आफै फिल्डमा खटेर भारत बरौनीबाट आउने ट्याँकरको मिटरबाट नाप तौल गर्ने गरेको बताए । व्यवसायीको गुनासोलाई मध्यनजर राख्दै इनधन बोक्ने ट्याँकर व्यवसायीहरु विच छलफल गरेर आउदो एक महिना भित्र सबै गडवडीलाई निर्मुल पार्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार