दुई तल्ले छतबाट लडेर मजदुरको मृत्यु

तराई टप संवाददाता
मलंगवा, २० फागुन , सर्लाही सदरमुकाम मलंगवामा घर बनाउन दोश्रो तल्लाको छत लढान गर्दै गर्दा छतबाट लडेर एक मजदुरको विहिवार मृत्यु भएको छ ।
मलंगवा नगरपालिका वडा नम्बर ४ पानी ट्यांकी स्थित नयाँ घरको ढलान गर्नै क्रममा मजदुरको रुपमा काम गरिरहेको कौडेना गाउँपालिका वडा नम्बर २ ईनर्वा टोल बस्ने २० वर्षीय श्याम बाबु मुखियाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलगवाले जनाएको हो ।
स्थानीय रामबाबु साहको नयाँ घर बनाउन मलंगवा नगरपालिका वडा नम्बर ३ का सञ्जय महतोले ठेक्का लिई दोस्रो तल्लाको ढलान गर्ने क्रममा मुखिया छतबाट लडेका थिए । लडेर गम्भीर घाइते भएका मुखियालाई उपचारको लागी जिल्ला अस्पताल मलंगवा लैजाँने क्रममा बाटोमा नै निजको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।