राधेश्याम कुशवाहा
सर्लाही, २३ भदौं । चन्द्रनगर गाँउपालिका अध्यक्ष राजकुमार महतोद्धारा विद्यालय अनुगमन कार्य तिव्र, अनुपस्थित रहने शिक्षक र कर्मचारीको हाजिरी रजिष्टरमा लगाएर रातो कलम ।
चन्द्रनगर गापा वडा नम्वर ५ मोहनपुर गाउँमा रहेको अरनिको आधारभुत विधालयमा छडके अनुगमन गर्दै अनुपस्थित रहेका शिक्षक र कर्मचारीको हाजिरीमा रातो कलम लगाएको हो ।
विद्यालयमा केही शिक्षकहरु नियमित रुपमा अनुपस्थित हुने गरेको र विद्यालयमा कहिलेकाही आएर अनुपस्थित रहेको दिनका पनि हाजिरी गर्ने गरेको गुनासो अभिभावकहरुले गरेपछि आज अपरान्ह गाउँपालिका अध्यक्ष महतो आफै स्थलगत अनुगमन गरी छडके गरेको छ ।
विद्यालयमा अनुपस्थित रहेर पनि हाजिरी गरेको तथा छडकेको दिन पनि अनुपस्थित रहेका शिक्षकको बारेमा विद्यालयको प्रधानाध्यापक, अन्य शिक्षकहरु तथा स्थानीय अगुवाहरु सित छलफल गरी र उहांले पनि मौखिक रुपमा रुजु गरे पछि अध्यक्ष महतोले विद्यालयको कर्मचारी रजिष्टरमा अनुपस्थित दिनमा रातो कलम लगाए ।
उक्त दिनहरुको नियमानुसार तलब कटा गर्न गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा लेखापाललाई अध्यक्षले जानकारी गराए । उक्त विद्यालयमा विधार्थीहरुलाई टिफिन सम्म मात्र अध्यापन गराउने गरेको परिपाटीले गर्दा विद्यार्थीहरु टिफिन पश्चात विद्यालय नआउने गरेको विगत दई वर्ष देखि यस्तै आवस्थामा रहेको विद्यालयका शिक्षकहरु तथा कार्यालय सहायक र स्थानीय अभिभावकहरुले गाउँपालिका अध्यक्ष समक्ष गुनासो गरेको थियो ।
विद्यालयको पढाई लेखाई र सिकाईको अवस्था निकै दयनिय अवस्थामा रहेको त्यहांका अभिभावक तथा केही कर्मचारीहरुले गुनासो गरे । स्थानीय जनगुनासोलाई मध्यनजर गर्दै भोली देखि नै पुर्ण समय सम्म विद्यार्थीमा अध्यापन गराउनुपर्ने निर्देशन अध्यक्ष महतोले दिए । साथै विद्यालयका विभिन्न कमजोर पक्षहरुलाई सुधार गरी शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिती, वडा समिती, गाउँपालिका, अभिभावक तथा स्थानीय युवा बुुद्धिजिवीले आ आफनो जिम्मेवारी गम्भिरतापुर्वक निर्वाह गर्न अध्यक्ष महतोले आग्रह गरे ।