अजोड इन्स्योरेन्स र इ–बीमा बीच डिजिटल वीमा सम्बन्धी सम्झौता

233 Shares

काठमाडौं, २३ भदौं । नेपालकै पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्योरेन्स लिमिटेड बीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्पन्न भएको सम्झौतामा इ–बीमा का प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेको हो ।
सम्झौता आदान प्रदान गर्दै निर्देशक ज्ञवालीले अजोड इन्स्योरेन्स सँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई बढाउने छ उनले भने । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्दै भने, हामी सर्वसाधारण समक्ष बीमा सेवामा पहुँच गर्न सजिलो माध्यमहरू सिर्जना गर्नमा विश्वास राखेका छौं । इ–बीमा सक्षम र आशाजनक डिजिटल प्लेटफर्म को रुपमा रहेको स्पष्ट पारे । यस प्रकारको आबद्घताबाट सबैलाई फायदा पुग्ने हामी आशावादी छौ उनले भने ।
सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरि सर्व साधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँच योग्य बनाउने बताइएको छ ।
इ–बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक–स्टप समाधान हुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राख्दछ । इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय रहेको छ ।
इ–बीमाको सेवा गैर–जीवन बीमा योजनाहरू र उत्पादनहरूमा मात्र सीमित नभई जीवन बीमा, वैदेशिक रोजगारी, लघु बीमा, विद्यार्थी सुरक्षा योजनाहरू र अन्य क्षेत्रहरूमा आफ्ना ग्राहकहरूलाई सबै भन्दा उदारीकृत खरिद विकल्पहरू प्रदान गर्न सक्रिय रूपमा संलग्न छ ।
इ–बीमाले विश्वव्यापी परिवर्तनको गतिमा बजारको विकास गर्न बजारका अन्य सरोकारवालाहरूका लागि बलियो बीमा–टेक प्लेटफर्म विकास गर्न ठूलो मात्रामा लगानी गरेको छ । अजोड इन्स्योरेन्स अग्रणी वाणिज्य बैंक, बैंकरहरू र विभिन्न क्षेत्रहरूबाट सफल क्यारियर इतिहास भएका उच्च उत्साही पेशेवरहरूद्वारा स्थापित र समर्थित इन्सुरेन्स हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार