join a zoom meeting online with id most current version of zoom for windows - most current version of zoom for windows www.zoom.us download free zoom desktop client for windows download download zoom meeting free for windows download zoom recordings

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरिय छनौट प्रतियोगिता चन्द्रपुरमा सुरु

   २३ भाद्र २०७९, बिहीबार १७:४२  

चन्द्रपुर, २३ भदौं । राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाउनका लागि जिल्ला स्तरिय छनौट प्रतियोगिता रौतहटको चन्द्रपुरमा विहिवार देखि सुरु भएको छ ।
गण्डकी प्रदेशमा हुन गईरहेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि करांते खेल तर्फको जिल्ला छनौटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले उद्धघाटन गरे । चन्द्रपुर स्थित सितोरियो करांते कवर्डहलमा एक कार्यक्रमका बिच नगरप्रमुख काफ्लेले खेल सामाग्री हस्तान्तरण गर्दै खेलको उदघाटन गरेका थिए ।
जिल्लाबाट छनौट भएर जाने खेलाडीहरुले मधेश प्रदेश स्तरिय खेलमा जितेपछि पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
आज भएको कराते छनौट प्रतियोगितामा हिमान्सु मगर, एलन श्रेष्ठ, कुसल बस्नेत, भिम पहरी, रचना पाण्डे, सानुमाया दोङ, रोजना राई, पाल्मो स्याङतान, प्रतीक्षा तामाङ सहितका खेलाडीहरु छनौट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै