सलाही, २३ भदौं । सर्लाहीको वागमती नगरपालिका १२ स्थित कर्मैया स्थित पूर्व पश्चिम राजमार्गलाई १ घण्टा सम्म स्थानीय बासिन्दाहरुले अवरुद्ध बनाए ।
करेन्ट लागेर ट्रक चालकको ज्यान गएपछि आक्रोशित बनेका स्थानीय बासिन्दाहरु आज बुधवार दिउसो १ घण्टा सम्म राजमार्गलाई अवरुद्ध बनाएर क्रशर व्यवसायी विरुद्ध प्रदर्शन गरेका हुन् ।
मंगलवार राति वागमती नगरपालिका १२ स्थित डण्डी बोकेको प्रदेश २–०३–००१ ख २३१६ नम्वर ट्रक चालक प्रकाश वाइवा खाना खाएर ट्रकको माथि सुत्न जाँदा मुख्य लाइनबाट क्रशर उद्योगले लगेको थ्रि फेज लाइनको तारमा छुदा करेन्ट लागेर निजको घटनास्थलमै ज्यान गएको थियो ।
मृतक वाइवा स्थानीय भएको हुँदा स्थानीय बासिन्दाहरु क्रशर व्यवसायी माथि आक्रोशित बन्दै विरोध प्रदर्शन गरे । प्रहरीले यस विषयमा शुक्रबार क्रसर उद्योगका संचालकलाई बोलाएर छलफल गराउने सहमती पछि स्थानीयले सडकको जाम खुल्न दिएका थिए ।
मृतक परिवारलाई क्रिया खर्च बापत तत्काल क्रसर मालिकले एक लाख रुपैयाँ दिने सहमती जनाएको बताइएको छ । मृतक वाईवाको शव पोष्टमार्टमका लागि मंगलबार राति नै चन्द्रनिगाहपुर अस्पताल, रौतहट पठाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन