रौतहट, २३ भदौं । एकीकृत सरकारी कर्मचारी संगठन नेपालको आयोजनामा भदौ २४ गते देखि तीन दिने निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालद्वारा गौर नगरपालिका ६ स्थित श्यामा श्री उद्योग दाल मिलमा विहिवार राति ८ बजे भएको पत्रकार सम्मेलन मार्फत तीन दिने निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा भएको बताईएको हो ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदै गौर नगरपालिकाको मेयर शम्भु साहले विभिन्न रोगका विशेषज्ञहरू , ल्याव, इसिजि,एक्सरे लगायतको विरामीलाई परिक्षण गरेर औषधी वितरण गरिने, २ बजे सम्म विरामी दर्ता रजिस्टारमा नाम दर्ता गर्न सकिने, हर्निया र हाइड्रोशिलको सर्जरी गरिने उनले भने ।
५६ जना विशेषज्ञहरू आईसकेको हुदा गौर नगरपालिकाको लागि नभई जिल्लाको कुनै पनि स्थानबाट आउने विरनमीलाई उपचार गरिने बताए । यो शिविर रौतहटबासीको आफ्नै रहेको हुदा यसमा कुनै राजनीतिक करण नगरी स्वास्थ्य सेवाको फायदा उठाउन हार्दिक अपिल गरे ।
शुक्रबार विहान नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उदघाटन गरिने कार्यक्रम रहेको बताईएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन