zoom.us.download install zoom msi gpo zoom meeting app free download for pc windows 10 zoominfo engage support install zoom on windows 10 s mode tải zoom học trực tuyến pc diablo 2 download vn-zoom

वृहत निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गौरमा सुरु

   २४ भाद्र २०७९, शुक्रबार १६:५१  

रौतहट, २४ भदौं । वृहत निशुल्क विशेषज्ञ तिन दिने स्वास्थ्य शिविर शुक्रवार देखि रौतहट सदरमुकाम गौरमा सुरु भएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालको आयोजनामा वृहत निुशल्क विशेषज्ञ स्वास्थ्य शिविरमा हाडजोर्नी नशा, मुटु रोग, स्त्री रोग, मु त्र रोग, छाला रोग, जनरल फिजिसियन, दन्त सेवा, पेट रोग (ग्यास्ट्रो सर्जन), बाल रोग, जनरल सर्जरी, ल्याव सेवा, इसिजी, एक्सरे र युएसजी सहितका विशेषज्ञ चिकित्सक एवं सर्जनहरुको सहभागीतामा आज देखि तिन दिने निशुल्क स्वास्थ्य शिविर गौर नगरपालिका वडा नम्बर ६ स्थित दाल मिलमा सुरु भएको गौर नगरपालिकाको कार्यालयले जनाएको हो ।
वृहत निशुल्क विशेषज्ञ तिन दिने स्वास्थ्य शिविरको उदघाटन गर्दै नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समुचित एवं गुणस्तरिय स्वास्थ्य सेवाबाट बंचित रहदै आएका रौतहटबासीलाई सरल एवं समुचित रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यबाट यहाँ तिन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको स्पष्ट पारे ।
जिल्लामा रहेका विभिन्न सरकारी अस्पतालहरुमा चिकित्सकको दरबन्दी त छ तर त्यसमा उपचारको कुनै प्रबन्ध नहुँदा उहाँको विरामीहरु हजारौं खर्च गरेर बाहिर उपचार गराउन जानुपर्ने बाध्यतालाई मध्य नजर राख्दै स्वास्थ्य मन्त्रालय संग समन्वय गरेर विर अस्पताल, ट्रमा सेन्टर, गंगालाल, नर्भिक, विभिन्न अस्पतालका दक्ष जनशक्तिहरुलाई ल्याएर यहाँको जनताहरुलाई स्वास्थ्य सेवा दिनका निमित्त यो शिविरको आयोजना गरिएको बताए ।
शिविर दिर्घकालिन समस्याको समाधान नभएपछि जिल्लाको सरकारी अस्पतालमा सुधार गरेर यहाँको विरामीहरुलाई समुचित रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गराउने लक्ष्य आफूले लिएको हुँदा यस शिविरबाट फायदा उठाउन आह्वान गर्दै आउदो समयमा यस्ता शिविरहरु पनि संचालन गरिने बताए ।
केही व्यक्तिहरुले यो शिविरलाई लक्ष्ति गरेर खिल्ली उदाउनेहरु होशियार रहन चेतावनी दिदै यो जिल्लामा विकास निर्माण देखि लिएर यहाँको हरेक जनताको सुखदुखमा माधव नेपाल सधै साथ रहने प्रतिबद्धता जनाउदै केही समय अगावै गौरमा गरिएको शिलान्यास कार्यक्रमलाई पनि खिल्ली उडाइयो तर उक्त सबै कार्यको टेण्डर आह्वान भइसकेको हुँदा खिल्ली उडाउनेलाई झापड लागेको बताए । माधव नेपालले जुन काममा हात लगाउछ त्यसलाई पुरा देखाउछ, उनले भने ।
एकिकृत सरकारी कर्मचारी संगठन नेपालको अध्यक्ष मोहनकुमार घिमिरले रौतहट जिल्लाको स्वास्थ्यको अवस्था हेरेर हामी सकारात्मक पहल गर्दै अघि बढेको समयमा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको सकारात्मक सहयोगको कारण नै आज देखि तिन दिने स्वास्थ्य शिविर आयोजना हुन सम्भव भएको बताए ।

गौर नगरपालिकाको मेयर शम्भु साहले गुणस्तरिय उपचारको अभावमा यहाँका जनताहरु विरगंज, काठमाडौं, भरतपुर, सीमापारी भारत तर्फ गई महगो स्वास्थोपचार गराउन बाध्य रहेको हुँदा आफू नगरप्रमुख बनेदेखि नै निरन्तर रुपमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य शिविर संचालन गराउन प्रयास रहेको थिए । उक्त प्रयास आज सफल भएको छ किन भने गौरमा रहेका प्रादेशिक अस्पताल रेफरल अस्पतालको रुपमा प्रख्यात रहेको हुँदा त्यो अस्पताललाई सुधार नगरे सम्म यहाँको विरामीहरु बाहिर गई महगो उपचार गराउन बाध्य हुने बताए ।
गौर नगरपालिका बाहेक, राजदेवी नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिकाको सहयोगमा तिन दिने स्वास्थ्य शिविर आयोजना भएको बताइएको छ । यस शिविरमा झण्डै २ करोडको औषधी ल्याइएर विरामीहरुलाई निशुल्क रुपमा वितरण गरिने जनाइएको छ । सो कार्यक्रममा नेकपा एसका स्थायी समिति सदस्य डा. बंशीधर मिश्र, कल्याणी खड्का, रामकुमार भटराई, सरला यादव, मधेश प्रदेशका वन राज्य मन्त्री नागेन्द्र यादव, मधेश प्रदेशको कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, विर अस्पतालको प्रवक्ता डा संजय ठाकुर लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै