तराई टप संवाददाता
रौतहट, २२ फागुन । किसानहरुलाई उचित मुआब्जाको रकम दिएर मेला लगाउने तयारी पुरा गरेको विषयलाई राजनितिक प्रतिशोध लिनका लागि गलत सन्देश जनता माझ बदनाम गराउने षड्यन्त्र गरिएको हुँदा त्यस प्रकारको भ्रामक सन्देशको पछि नलाग्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ ।
मौलापुर नगरपालिकाद्धारा पुरातात्विक पतौरा महादेश मन्दीर परिसरमा शनिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख रिनाकुमारी साहले खेत खनजोत गर्दा ढुंगा अकारमा फेला परेपछि तत्कालै नेपाली पुरातात्विक विद र वेलायतको पुरातात्विक विदहरुद्धारा सोध गरेपछि उत्खखन कार्य गर्दा ११ औं शताब्दीमा बनेको शिव मन्दिरको फेला परे । उत्खननको क्रममा त्यस वेला प्रयोग गरिएको इटाहरु, पूर्ण आकृतिको मन्दीर र त्यसमा शिव लिंग भेटिदा स्थानीय बासिन्दाहरु निकै उत्साहित भए ।
११ औं शताब्दीमा बनाइएको उक्त मन्दिर विभिन्न समयमा आएको भुकम्पको कारण भासिदै गएको र त्यस भित्र धेरै महत्वपूर्ण सामानहरु फेला परेको र उक्त सामानहरु पुरातात्विक विभागमा सोधको क्रममा रहेको उनले बताइन् । पुरातात्विक दृष्टिकोर्णबाट अति नै महत्वपूर्ण एवं दुर्लभ शिव मन्दिर मानिएको हुँदा पतौरा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्ने लक्ष्यका साथ यस क्षेत्रको माननिय तथा मौलापुर निवासी प्रभु साहले पहल गरेर मन्दीर सहित यस भेगमा विकासको पुर्वाधारहरु अगाडी बढाएको देखेर विपक्षिहरु विभिन्न षडयन्त्र रच्दै रचनात्मक कार्यमा विघ्नबाधा खडा गर्दै आएकोमा दुख व्यक्त गरिन ।
फागुन २७ गते महाशिवरात्रीका दिन मधानी महायज्ञ, रासलिला, शिवलिला, नेपाली कलाकार र भारतीय कलाकारद्धारा साँस्कृतिक कार्यक्रमको मार्फत पतौरालाई धार्मिक एवं पर्यटकिय नगरीको रुपमा विकसित गर्ने उद्देश्यबाट आयोजित कार्यक्रमलाई विथोल्न भ्रामक सन्देशहरु बाहिरीदा मौलापुर नगरपालिकाले बाध्य भएर उक्त भ्रमहरुमा नपर्न स्थानीय बासिन्दा तथा देशबासी संग नगरप्रमुख साहले आग्रह गरिन ।
मेला लगाउन मन्दिर वरिपरी रहेका बासिन्दाहरुको साथै पतौरा गाउँका महिला पुरुषहरु सवैलाई राखेर २५ कत्ठा गहुँ बालि लगाएका किसानहरुलाई प्रति कत्ठा २५००, प्याज बाली भएको लाई प्रतिकत्ठा ३००० र मसुरो बालीको हकमा १५ सय प्रतिकत्ठा दिने सर्वसहमतीबाट निर्णय भएपछि परोहा नगरपालिकाबाट भाडा स्काभेटर ल्याएर सम्याउने कार्य गरेकोलाई केही विकास विरोधी तत्वहरु अतिरंजित तवरबाट प्रचार प्रसार गरेको प्रति तिव्र रुपमा मौलापुर नगरपालिका आलोचना गर्दै विकास निर्माण सहित धार्मिक कार्यहरुमा विरोधाभाष गरिदा आफनै स्थानको बदनामी हुने गरेको हुँदा त्यस्ता तत्वहरुबाट सावधान रहन उनले बताइन ।
महिला रोएर भन्द्र गरेको भिडियो भाइरल भएको प्रति पनि टिप्पणी गर्दै मेयर श्रीमती साहले श्रीमानले सम्झौता गरेर रकम लिइसके तर श्रीमतीलाई थाहा नहुँदा यत्रो काण्ड हुन पुगेको हुँदा पतौरा महादेव मन्दिर एक जनाको मात्रै नभई सिंगो रौतहटको धरोहरको रुपमा रहेको हुँदा यसमा अझै माथि उकास्न प्रदेश र संघिय सरकारको भुमिका सकारात्मक हुनुपर्नेमा जोड दिइन् ।
पत्रकार सम्मेलनमै सहभागी भएको जग्गाधनीहरु मुआब्जाको रकम लिएर गहँु बाली काटेको स्वीकार्दै कसैको दवाव, प्रभावमा नपरी आफना स्थानको पहिचान बढाउनका निमित्त जग्गामा लगाइएको गहुँबाली हटाएको बताइन ।