385
Shares
रौतहट, २४ भदौं । सीमापारी भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा श्रोत नखुलेको करिव पाँच लाख नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरबाट नियमित रुपमा खटिएको चेकजाँच टोलीले गौर नपा १ भन्सार कार्यालय अगाडी शंका लाग्दा पदैल आउदै गरेका यात्रीको झोला खानतलासी गर्दा चार लाख ९५ हजार नगद सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत सीतामढी जिल्ला नगरपंचायत बैरगनिया वडा नम्वर १ पटेल टोलका ४५ बर्षिय लक्ष्मिकुमार साह रहेको तथा निजलाई आवश्यक कारवाही गर्नका लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन