काठमाडौ । विभिन्न बहाना देखाएर चीनले एकतर्फी रुपमा नेपाल संगको नाका बन्द गर्दा नेपाली व्यापारीहरु ठूलो मूल्य चुकाउनु परेको छ । चाँडबाड नजिकिदै जाँदा व्यापारीहरुले मगाएको सामानहरु नेपाल नआई चिनियाँ क्षेत्रमै अड्किदा नेपाली व्यापारीहरु निकै पिडामा परेको छ र घाटाको अवस्था हेर्ने हो भने कतिपय व्यापारीहरुलाई आत्महत्या गर्न सम्मको अवस्था सृजना भएको हो ।
नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले दसैं नजिकिँदै गएको र सामग्री चीनतर्फ नै रोकिँदा विभिन्न समस्या सिर्जना भएको भन्दै उनले नाका खोल्नका लागि तत्काल पहल गर्न माग गरेकी छन् ।
संसद बैठकमा सांसद कोइरालाले चीनसँगका व्यापारिक नाका खुलाउन कूटनीतिक पहल गर्न माग गरेकी हुन् ।
चीनतर्फका नाका बन्द हुँदा चाडपर्वको समयमा महंगी बढेको, सामग्री आयात गर्न नपाउँदा व्यापारी पीडामा परेको र व्यापारीले आत्महत्या गर्नेसम्मको अवस्था सिर्जना जानकारी गराएकी उनले व्यापारीले आयात गर्नुपूर्व नै रकम बुझाएकाले थप समस्या भएको बताइन् ।
‘चीनसँग व्यापार हुने तातोपानी र रसुवागढी नाकामा लामो समयदेखि कन्टेनरहरू रोकिएकाले स्याउ लसुन र लत्ताकपडा आयात गर्ने नेपाली व्यापारीहरू पीडामा छन्,’ उनले भनिन्
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन