रौतहट, २६ भदौं । सीमावर्ती भारतीय बजारबाट चोर नाका भएर नेपाल भित्रयाइएको सामानहरु सर्लाही भएर काठमाडौ तर्फ लैजादै गरेको अवस्थामा पौने १८ लाखको भन्सार छलीको सामान बरामद गर्न रौतहट प्रहरी सफल भएको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय चन्द्रपुरका संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट सर्लाहीको चोर नाकाबाट भन्सार छलेर भित्रयाइएको सामानहरु यात्रुबाहक नाइट बसरमा राखेर संघिय राजधानी तर्फ लगिरहेको अवस्थामा पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने चन्द्रपुरमा नेपाल प्रहरीले उक्त मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ४ स्थित अल्पाईन होटल अगाडी सर्लाहीबाट काठमांडौतर्फ जाँदै गरेको ना.६ ख. १२३३ नम्वरको नाईट बसलाई शनिवार राति रोकी चेकजाँच गर्दा भन्सार छली चोरी पैठारी गरी १७,७५,३९५ मूल्य बराबरको कपडा, चिनी, चप्रा र दुध लगायतका अन्य मालसामानहरु वेवारीसे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।
बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको उनले भने । मंलगवा नगरपालिका वडा नम्वर ३ बस्ने बसको सह–चालक रामबाबु ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको समेत उनले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन