रौतहट, २६ भदौं । रौतहट प्रहरीले कत्तव्र्य ज्यान तथा लागु औषध मुद्दा गरी दुई जना फरार अभियुक्तलाई पक्राउ गरी रौतहट जिल्ला अदालत समक्ष पेश गरेका छन् ।
२०७७ साल भदौ ३ गते माधवनारायण नगरपालिका वडा नम्वर २ खेसरहिया चोकमा रहेका हनुमान मन्दीरको ६५ बर्षिय पुजारी श्रीराम साहलाई कञ्चटमा गोली हानी हत्या गरेको आरोप लागेका देवाही गोनाही नगरपालिका १ करुनिया का शेख विकाउ भन्ने मह्म्मद कासिमलाई प्रहरीले पक्राउ गरेका हुन् ।
ज्यान सम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा फरार रहेका कासिम निरन्तर रुपमा ठेगाना परिवर्तन गर्दै लुकीछिपी बसेको अवस्थामा फेला पारेर अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले जानकारी दिए ।
यसैगरी फैसला कार्यान्वयन पश्चात फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवं पक्राउ गर्ने क्रममा लागु औषध मुद्दामा फरार प्रतिवादी यमुनामाई गाउँपालिका ४ सरुअठाका ४० बर्षिय नरेश साह भन्ने रामनरेश साह कानुलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कारवाही कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत समक्ष पेश गरिएको उनले स्पष्ट पारे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन