जिल्ला प्रहरी कार्यालय रौतहटको अपिल “बच्चा चोर” को हल्लामा सत्यता नरहेको खुलासा

984 Shares

रौतहट, २६ भदौं । गत साता देखि रौतहट जिल्लामा “बच्च चोर” को हल्ला उठाएर मानिसहरुलाई अनावश्यक तनाव उत्पन्न गरेको कार्य प्रति जिल्ला प्रहरी कार्यालय रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ उक्त हल्लामा कुनै सत्यता नरहेको हुँदा त्यता हल्लाको पछि नलाग्न सार्वजनिक अपिल जारी गरेको छ ।
गत साता देखि सामाजिक सञ्जालमा रौतहट लगायत तराई मधेशमा भारतबाट आएका महिला एवं पुरुषहरुको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही गरेको भन्ने खालका अनावश्यक भिडियो तथा तस्विरहरु भाइरल बनाएर समाजमा नकारात्मक असर एवं भ्रम सृजना गराइरहेको हुँदा त्यता कार्य नगर्न नगराउन समने जिल्ला प्रहरी कार्यालयले रौतहटबासी संग अपिल जारी गरेको हो ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरुमा समुह बनाएर मानिसहरु आउने, कतिपय पुरुषहरु महिलाको भेषमा आउने बच्चाहरुलाई खानेकुरा दिएर फकाउने गरेको लगायत जानकारी सहित भिडियो, फोटोहरु पोष्ट गरिएका छन् । ती पोष्टहरु धेरै मात्रामा सेयर पनि भइरहेको त्यस्ता संजालहरु माथि प्रहरीले सुक्ष्म निगरानी बढाएको हुँदा सजग हुन आग्रह गरिएका छन् ।
रौतहट प्रहरीले भने “बच्चा चोर” को बिगिबिगी केवल हल्ला मात्रै भएको बताइरहेको छ । स्थानियले “बच्चा चोर” को आरोपमा समातेर प्रहरीलाई बुझाएकाहरुलाई अनुसन्धान गर्दा त्यस्तो केही नपाइएको रौतहटका प्रहरीका एसपी वीरबहादुर बुढामगरले जानकारी दिदै त्यस्तो अपवाह फैलाउने समुहको प्रहरीले खोजी कार्य गरिरहेको हुँदा गलत अपवाह गर्नेलाई कानुन बमोजिम कारवाही गरिने समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार