लाहोर । पाकिस्तानको लाहोरमा सयौं मानिसहरूको एक समुहले चुहङ क्षेत्रमा कथित एवं नक्कली मुठभेडमा दुई व्यक्तिको हत्या गरेकोमा पुलिसको विरोधमा प्रदर्शन गरेका छन् ।
ग्रीन टाउनका प्रदर्शनकारीहरू सडकमा उत्रिए, टायर जलाए र प्रहरी विरुद्ध प्रदर्शन गरेको डन अखबारले रिपोर्टमा उल्लेख गरेका हुन् । उक्त रिपोर्टका अनुसार आन्दोलनकारीहरु पुरुषको हत्या गैरन्यायिक हत्या हो, नक्कली एवं कथित मुठभेडमा मानिस मारिनु मानवअधिकारको चरम उलंघन हो, प्रदर्शनको क्रममा पक्राउ परेका प्रदर्शनकारीलाई रिहाइको लागि मागेका थिए ।
रिहाइका लागि माग गरेको १० लाख रुपैयाँ घुस नदिए पछि प्रहरी अधिकारीहरूले नकाश र अब्दुल रहमान नामका दुई युवालाई हिरासतमा राखेर हत्या गरेका थिए । प्रदर्शनकारीहरुले रिहाइका लागि मागेका पीकेआर १० लाख घुस नदिएपछि लाहोर अपराध अनुसन्धान एजेन्सी (सीआईए) पुलिस अधिकारीहरूले दुई युवा नकाश र अब्दुल रहमानलाई हिरासतमा मारेको आरोप लगाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन