पहिलो इन्डो–नेपाली द्विभाषी फिल्मका प्रमोशनको लागि कालाकारहरु कोलकाता पुगे

   २७ भाद्र २०७९, सोमबार १५:४०  

कोलकाता । पहिलो पटक नेपाली र भारतीय भाषाको फिल्म निर्माण हुने भएको छ जसको लागि कलाकारहरुको टोली प्रमोशनको लागि कोलकाता पुगेका छन् ।
पहिलो इन्डो–नेपाली द्विभाषी फिल्मको रुपमा निर्माण भएको प्रेम गीत ३ को कलाकारहरुको टोली केही दिन अघि भारतको पश्चिम बंगालको राजधानी कोलकाता पुगेका थिए ।
प्रदिप खड्का र क्रिस्टिना गुरुङले अभिनय गरेको प्रेम र गीतको प्रेमकथालाई पछ्याइएको यो एक्सन ड्रामा आगामी सेप्टेम्बर २३ मा हलमा रिलिज हुँदैछ । सन्तोष सेनले निर्देशन गरेको र सुभाष काले र प्रशान्त गुप्ताले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा इन्डियन आइडल १२ का विजेता पवनदीप राजनले संगीत दिएका छन् ।
चलचित्रको प्रमोशनका क्रममा तिन दिन अघि चलचित्रका कलाकारहरु भिक्टोरिया मेमोरियल पुगेका थिए । फिल्म प्रेम गीत फ्रेन्चाइजको फलोअप हो, जसले अहिले सम्म दुईवटा ब्लकबस्टर प्रेम गीत १ र २ निर्माण गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै