एक बर्ष देखि बन्द रहेको नेपाल भारत सिमा चाँडै खोलिने ः उप्रधानमन्त्री इश्वर पोखरेल

   फाल्गुन २७, २०७७  
1K Shares

प्रभातकुमार झा
रौतहट, २७ फागुन । उप प्रधान तथा परराष्ट्र मन्त्री इश्वर पोखरेलले विश्व व्यापी कोविड १९ को महामारीको कारण झण्डै एक बर्ष लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना नेपाल सरकारले चाँडै सुचारु गर्ने तयारीमा जुटेको बताउनु भएको छ ।


रौतहटको मौलापुर नगरपालिको पतौरा स्थित उत्खनन पश्चात निस्किएको ११ औं शताब्दीको समयमा निर्माण गरिएको पुरातात्विक महादेव मन्दीरमा विहिवार बाट शुरु भएको दोश्रो मधानी महायज्ञको उदघाटन मन्तव्य दिदै उपप्रधानमन्त्री पोखरेलले भारत संग सिमा जोडिएका जनताहरु भोग्नु परेको कठिनाईहरुलाई मध्यनजर राख्दै पहिलेकै अवस्थामा नाकाहरु पुन ः सुचारु गर्न सरकार आवश्यक गृह कार्य गरिरहेको बताउनु भएको हो ।
तिन महिना अघि देखि नै पैदल यात्रीहरुको लागि ओहरदोहर गर्न केही सहज गरिएको भएपनि सवारी साधन लिएर जान तराई क्षेत्रका जनताहरुलाई निकै असुविधा हुँदै जाँदा सरकारले पनि उक्त समस्या बुझिरहेको हुँदा सिमा बन्द रहेको कारण अवको समयमा सिमा बन्द गर्नुपर्ने कुनै कारण नभएको तथा कोभिडको जोखिम विस्तारै कम भएको हुँदा पूर्ववत रुपमा सवारी आवागमन समेतको लागि खुल्ला हुने उपप्रधानमन्त्री पोखरेलले बताएका छन ।


नेपाल सरकारको पर्र्यटकिय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेब मन्दीरको प्राङ्गणमा आयोजित मधानी महायज्ञमा सहभागी भएका नेपाल सरकारका उपप्रधानमन्त्री पोखरेलले पतौरा मन्दीरको संरक्षण र प्रवद्र्धनका लागी आवश्यक सबै किसिमको सहयोगको व्यवस्थापन नेपाल सरकारले गर्ने बताए ।
कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साह, प्रदेश २ का प्रमुख राजेश झा अहिराज लगायतकाहरुको सहभागीता रहेको थियो ।
पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्ष देखी सो स्थानमा मधानी महायज्ञ संचालन गरिदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै