काठमाडौं, २७ भदौं । आइएमई “पे” र एनसेल बीच निशुल्क डाटा सेवा सम्बन्धी सम्झौता भएको छ ।
आइएमई “पे” एपको प्रयोग कर्ताहरुले सहज एवं सरल रुपमा एनसेलको डाटाबाट जुनसकै समयमा जहाँ पनि निशुल्क एप प्रयोग गर्नका लागि उक्त सम्झौता भएको हो ।
आइएमई “पे” ले ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यबाट यो आकर्षक योजना ल्याएको जनाएको छ । आइएमई “पे” र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पना तर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए ।
कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायक सँग मिलेर ग्राहकहरूलाई यस्तो सेवा विस्तार गरेको यो पहिलो पटक हो । यस सहकार्यले प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकहरूलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्नमा विश्वास लिइएको छ ।