download zoom for my pc zoom tool free download lil wayne zoom download zoominfo technologies llc download zoom cloud meeting for pc windows 10 - download zoom cloud meeting for pc windows 10 zoom download softonic free zoom download on pc zoom client for windows download

३२ टन अत्याबश्यक औषधी अफगानिस्तानलाई भारतीय सहयोग

   २८ भाद्र २०७९, मंगलवार ०८:४८  

नयाँ दिल्ली । मानविय संकटग्रस्त मुलुक अफगानिस्तानलाई भारतले अत्यावश्यक ३२ टन औषधीहरु संगै चिकित्सा सामग्री सहायता दिएको छ ।
भारतले पठाएको सहयोग काबुलको इन्दिरा गान्धी अस्पताललाई हस्तान्तरण गरिएको हो। अफगानिस्तानका जनतालाई सहयोग गर्न संयुक्त राष्ट्र संघले गरेको अत्यावश्यक अपीललाई ध्यानमा राख्दै, भारतले अहिले सम्म दशौ पटकको खेपमा ३२ टन चिकित्सा सहायता उपलब्ध गराएको जनाएको छ, जस अनुसार जीवन रक्षा गर्ने औषधिहरू, क्षयरोग विरोधी औषधिहरू, कोभिडविरुद्धको पाँच लाख डोज खोपहरु लगायतका सामग्री छन्।
यी मेडिकल सामग्रीहरू विश्व स्वास्थ्य संगठन र इन्दिरा गान्धी बाल अस्पताल, काबुललाई हस्तान्तरण गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ। भारत अफगानिस्तानका जनता सँग विशेष सम्बन्ध जारी राख्न र उनीहरूलाई मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छ।
चिकित्सा सहायता मात्र होइन, भारतले अफगानिस्तानलाई मानवीय सहायताका रूपमा गहुँ पनि उपलब्ध गराएको छ। भारतबाट मानवीय सहायताको २५ सय टन गहुँको पहिलो खेप फागुन २६ गते पाकिस्तान हुँदै अफगानिस्तानको जलालाबाद पुगेको थियो भने दुई हजार मेट्रिक टन गहुँ बोकेको भारतको मानवीय सहायताको दोस्रो खेप मार्च ३ गते अटारी, अमृतसरबाट अफगानिस्तानको जलालाबाद प्रस्थान गरेको थियो ।
भ्रमणका क्रममा सुरक्षा अवस्थाको समेत मूल्यांकन गरिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार काबुलमा रहेको भारतीय दूतावास कहिल्यै बन्द भएको थिएन र स्थानीय कर्मचारीहरूले कन्सुलर सेवा प्रदान गर्दै आएका थिए।
कारण अमेरिका समर्थित सरकार हट्यो। पछि सेप्टेम्बरमा, संगठनले अफगानिस्तानको नयाँ अन्तरिम सरकारको गठनको घोषणा गर्‍यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै