इशलामाबाद । आतंकवादको देश भनेर चिनिएका पाकिस्तान अहिले आतंकबादबाट पिडित बनेका छन् ।
पाकिस्तानको बलुचिस्तान प्रान्तका हर्नाई जिल्लामा आतंकवादीहरु संगको मुठभेडमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाको सुचना शाखालाई उदृत गर्दै स्थानीय मिडियाहरुले जनाएको हो ।
इन्टर(सर्भिसेस पब्लिक रिलेसन्स ९आईएसपीआर० ले डन अखबारलाई उद्धृत गर्दै शनिबार राति हर्नाईको खोस्ट क्षेत्रमा सुरक्षा बलको चौकीमा आक्रमण गरेको जनाएको छ। नजिकैको पहाडहरूमा भागेका आतंककारीहरूलाई पछ्याउने क्रममा ठूलो फायरिङ भयो, र परिणाम स्वरूप, दुई बहादुर छोरा, नाइक आतिफ र सिपाही कय्युमले सहिद भए भनी लेखिएको विज्ञप्तीलाई डन अखबारले प्रकाशन गरेको छ ।
यसैबीच, खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा पनि, प्रान्तमा सुरक्षा बलहरूमा आतंककारीहरूले आक्रमण गरेपछि एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ। हालैका महिनाहरूमा पाकिस्तानमा बम आक्रमणका धेरै घटनाहरू रिपोर्ट गरिएका छन्।